सर्लाहीमा स्थानीय तहका असल अभ्यास कार्यक्रम

185 Shares

देशभरकै सबै भन्दा धेरै स्थानीय तह रहेको सर्लाहीमा जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा आर्थिक वर्ष २०८२÷८३ का लागि जिल्ला स्तरमा स्थानीय तहका असल अभ्यास सम्बन्धी आदान–प्रदान तथा सुझाव संकलन कार्यक्रम गरेको छ ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समिति पदाधिकारी,सदस्य तथा कर्मचारीहरूको उपस्थितिमा स्थानीय तहमा कार्यान्वयन भइरहेका असल अभ्यास,उपलब्धि,चुनौती तथा सुधारका उपायहरूबारे विस्तृत छलफल गरिएको जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र महत्तोले जानकारी दिए ।उनका अनुसार भदौ मै गर्नुपर्ने कार्यक्रम जेन जी आन्दोलनका कारण केही ढिलो गरी  कार्यक्रम गरिएको हो ।कार्यक्रमले स्थानीय तहबीच अनुभव आदान–प्रदानमार्फत सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास लिईएको जिल्ला समन्वय समिति सर्लाहीका अधिकृत कमल बहादुर कार्कीले बताए ।
उनका अनुसार जिल्लामा रहेका २० वटै स्थानीय तहलाई कार्यक्रममा सहभागी गराउने लक्ष्य भए पनि लालबन्दी,हरिवन, हरिपुर,कविलासी र बलरा नगरपालिकाका साथै चक्रघट्टा, विष्णु, चन्द्रनगर,धनकौल,कौडेना,पर्सा र बम्हपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्राविधिक अधिकृतहरूको मात्र सहभागिता रहेको थियो। सहभागी पालिकाहरूले गत आर्थिक वर्षमा हासिल गरेको प्रगतिको समीक्षा प्रस्तुत गरेका जिल्ला समन्वय समिति सर्लाहीले जनाएको छ।कार्यक्रममा सहभागी नभएका पालिकाकाहरुलाई स्पष्टीकरण सोधिने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।

सम्बन्धित समाचार