अतिरित्त हुलाक कर्मचारीद्धारा महानिर्देशक भट्टराई माफृत सरकारलाई ६ बुंदे ध्यानाकर्षण पत्र

572 Shares

नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन मधेश प्रदेशले हुलाक सेवा विभागकी महानिर्देशकलाई ध्यानाकर्षण पत्र बुझाएको छ।हुलाक निर्देशनालय मधेश प्रदेशको स्थलगत अवलोकनका लागि मधेश प्रदेश आएकी हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीलाई विभिन्न छ बुँदे ध्यानाकर्षण पत्र बुझाएको नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन मधेश प्रदेशका अध्यक्ष शेखर खड्काले जानकारी दिए ।
उनका अनुसार नेपाल सरकारको गाउँ गाउँमा हुलाक सेवा पुयाउने उद्देश्यका साथ स्थापना भएको अतिरिक्त हुलाकले पञ्चायतकाल देखि विभिन्न कठिन समय र परिस्थितिमा जनताको घर दैलोमा चिठी पत्र पुर्याउने देखि गाउँ वस्तीमा चिठीहरु राष्ट्रिय,अन्तराष्ट्रिय स्तरसम्म पुर्याउदै जनतालाई सेवा दिदै सरकारलाई सहयोग गर्दै आइरहेको इतिहास रहेपनि पछिल्लो समय अतिरित्त हुलाक कर्मचारीहरु माथि राज्यले गरेको विभेदपुर्ण व्यवहारले अतिरित्त हुलाक कर्मचारीहरुको अपमान भएको छ ।
“हुलाक सेवा र माओवादी शसस्त्र जनयुद्ध देखि विभिन्न कठिन समय र प्राकृतिक प्रकोपका अवस्थामा पनि आफ्नो कर्तव्य निर्वाह गर्दै अतिरिक्त हुलाक कर्मचारीहरुले काम गर्दै आइरहेका छौं।राज्यद्वारा हामी अतिरिक्त हुलाकका कर्मचारीलाई परिवारको न्यूनतम आवश्यकता पनि पुरा गर्न नपुग्ने गरी “नगरी खानु न मरी जानु”को अवस्थामा काम र दाम दिई काम लगाइयो र हामीले पनि राज्यले हाम्रो बारेमा अहिले नसोचे पनि हाम्रो राष्ट्रप्रतिको योगदानलाई विचार गरी पछि पनि कुनै व्यवस्था गर्ला भनेर आफ्नो कर्तव्य निर्वाह गर्दै आयौं।हाम्रो काम र सेवा सुविधाका विषयमा पटक–पटक विभाग र मन्त्रालयको ध्यानाकर्षण गराई रहेकोभएपनि सबै क्षेत्रका कर्मचारीहरुको सवालमा राज्यले सम्बोधन गरे पनि अतिरिक्त हुलाक कर्मचारीहरुको न्यायोचित मागहरु राज्यद्वारा सम्बोधन गरिएन वा गर्न आनाकानी गरिएको छ ।२०८१ वैशाख १० गते अतिरिक्त हुलाक नियमावली २०३४ को पाँचौ संसोधन गरी ५८ वर्ष माथिका कर्मचारीहरुलाई अवकासको व्यवस्था गरियो।त्यसपछि नेपाल सरकारले नियमावलीमा समेत संसोधन नगरी हामी अतिरिक्त हुलाक कर्मचारीहरुलाई पालिका हुलाकमा कामकाज गर्न लगाइएको छ र हामी अतिरित्त हुलाक कर्मचारीहरुले पालिका हुलाक कार्यालयमा अतिरित्त हुलाकको न्यून तलबमा र पत्र वितरक एवम् डाक बाहकको कामकाज गर्दै आइरहेका छौं । हामी अतिरित्त हुलाक कर्मचारीहरुको सेवा सुविधाको विषयमा हामीले पटक पटक विभाग र मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै आएका थियौं तथापी हाम्रो मागहरु सुनुवाई नभएको हुँदा पुनःहुलाक सेवा विभाग मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।” नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन मधेश प्रदेशका अध्यक्ष खड्काले हस्ताक्षर गरी हुलाक सेवा विभागकी महानिर्देशक भट्टराईलाई बुझाईएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्रमा“नेपाल सरकारको एक पालिका एक हुलाकको नीति बमोजिम अतिरिक्त हुलाक कर्मचारीहरुलाई पालिका हुलाकमा समायोजन गरिनुपर्ने,हुलाक सेवाका करार कर्मचारीले खाईपाई आए सरहको तलब र महंगी भत्ता उपलब्ध गराउनुपर्ने,कर्मचारी पोषाकको व्यवस्था गर्नुपर्ने,सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनु पर्ने,नियमावली अनुसार संचित हुने विरामी विदा बाँकी रहेका कर्मचारीहरु अवकास हुँदा संचित रहेको विरामी विदा वापतको रकम अवकास हुँदा पाउने व्यवस्था गरिनु पर्ने र अतिरिक्त हुलाकका कर्मचारीहरुलाई शैक्षिक योग्यता र कार्य क्षमताका आधारमा अन्य पदमा समायोजन गरिनु पर्ने”लगायतका माग समावेश गरिएको छ ।

सम्बन्धित समाचार