सर्लाहीको बागमती नगरपालिका स्थित रहेको बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा पुन देव कुमार कर्मचार्य चयन भएका छन् ।शनिबार सम्पन्न संस्थाको १२ औँ वार्षिक साधारण सभाले पुनःकर्मचार्यलाई अध्यक्षमा चयन गरेको हो।कर्मचार्यको अध्यक्षतामा संस्थाको नौ सदस्य सञ्चालक समिति गठन भएको संस्थाका नव निर्वाचित सचिवमा अर्जुन कडेलले जानकारी दिए ।
बागमती नगरपालिका १२ का वडाध्यक्ष ओम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको संस्थाको १२ औँ वार्षिक साधारण सभाले उपाध्यक्षमा बद्रि कुमार खड्का,कोषाध्यक्षमा गौरीमान श्रेष्ठ र सदस्यहरुमा उपकुमारी मोक्तान,लिलामणी ढकाल,लिलादेवी विश्वकर्मा, अम्बिका मैनाली र ढुण्डिराज खत्तिवडालाई सर्व सहमत चयन गरेको छ । त्यसैबिच सोही सभाबाट संस्थाको लेखा समितिमा लम्बोदर काफ्लेको संयोजकत्वमा बिष्णु प्रसाद दहाल र बल बहादुर श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ ।
संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ मा गरेको आर्थिक कारोवारको लेखा परीक्षण प्रतिवेदन समेत सभा समक्ष पेस गरिएको थियो।संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा कुल तीन करोड २१ लाख ८८ हजार चार सय २३ रुपैयाँ ६५ पैसा बराबरको कारोवार गरेर सात लाख ६५ हजार पाँच सय १४ रुपैयाँ १८ पैसा खुद मुनाफा आर्जन गरेको संस्थाका अध्यक्ष कर्मचार्यले जानकारी दिए ।संस्थाले साधारण सभाको अवसरमा ज्येष्ठ सदस्य फुलमाया गुरुङ,असल बचत कर्ता नारायण प्रसाद पाण्डे र सफल व्यवसायी लोकेन्द्र केसीलाई सम्मान समेत गरेको छ ।