नेपाल भारत सीमा नाका ३ दिनका लागि वन्द

258 Shares

छिमेकी देश भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचन २०२५ का लागि सर्लाही सहित मधेशका जिल्लाका नेपाल भारत सीमानाकाहरु तीन दिनका लागि बन्द भएका छन् ।छिमेकी देश भारतको बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचन २०२५ हुने भएकाले शान्ति सुरक्षाको व्यवस्थापनका लागि मधेशका जिल्लाका नेपाल भारत सीमा नाकाहरु तीन दिनका लागि बन्द गरिएको हो ।
कात्तिक २२ गते शनिबार बिहानदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्मका लागि सर्लाही सहित मधेशका जिल्लाका नेपाल भारत सीमानाकाहरु तीन दिनका लागि बन्द गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए।उनका अनुसार यो अवधिमा आकस्मिक बाहेकका सबै प्रकारका आवागमन पूर्णरुपमा ठप्प भएका छन्।जिल्ला प्रशासन कार्यालय सर्लाहीहरुले एक सूचना जारी गर्दै तीन दिन सीमा नाका बन्द गरिएको जनाएको छ।नेपाल वा भारत जहाँ निर्वाचन हुँदा पनि ७२ घण्टा अर्थात तीन दिन सीमा नाका सिल गर्ने परिपाटी रहेको छ।
सीमा नाकामा कडाइका लागि नेपालमा निर्वाचन हुँदा भारतीय र भारतमा निर्वाचन हुँदा नेपाली सुरक्षाकर्मीले साथ दिँदै आएका छन्।भारतको सीतामढी स्थित सोनबरसा नेपाल भारत सीमा सुरक्षाको समन्वय बैठक बसेर सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र आपराधिक गतिविधिहरु नियन्त्रणमा ल्याउन संयुक्त रूपमा कार्य गर्ने निर्णय समेत भएको थियो ।बैठकमा आपसी सहयोग र सूचनाको शीघ्र आदान प्रदान,आपराधिक तत्वहरूको गतिविधिमा निगरानी,अवैध सामान तथा मादक पदार्थको तस्करी नियन्त्रण,अवैध मुद्राको प्रवाह रोकथाम र सीमामा हुने अवाञ्छित गतिविधि नियन्त्रणका विषयमा छलफल भएको थियो।नेपाल तर्फबाट सहभागी नेपाल प्रहरीका अधिकारीहरूले निर्वाचन अवधिमा भारत नेपाल सीमामा सुरक्षा सतर्कता बढाइने र सीमाबाट हुने सम्भावित गैर कानूनी आवागमन तथा तस्करी रोक्न थप गस्ती व्यवस्था गर्ने बैठकले निर्णय गरेको एक सुरक्षा अधिकारीले बताए ।
दुवै देशका सुरक्षा अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति र आपसी विश्वास कायम राख्दै आपराधिक गतिविधि नियन्त्रणका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।नेपाल भारत खुल्ला सीमाना रहेका कारण दुवै देशका सुरक्षा अधिकारीहरु विच सद्भावपुर्ण व्यवहार रहँदै आएको छ ।छिमेकी देश भारतको बिहार राज्यमा नोभेम्बर ११ तारिख अर्थात् आगामी मंगलबार विधानसभा निर्वाचन हुँदै छ ।
 नेपाल–भारत सीमा नाका अब आगामी मंगलबार साँझ भारतको विधासभा निर्वाचन अन्तर्गत मतदान सकिएपछि मात्रै खुल्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । यो अवधिमा आकस्मिक बाहेकका सबै प्रकारको आवागमन पूर्णरुपमा ठप्प रहने प्रमुख जिल्ला अधिकारी कडरियाले बताए ।

सम्बन्धित समाचार