पुर्व पश्चिम राजमार्ग अन्तरगत सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्जमा बसले ठक्कर दिँदा दुई जना घाईते भएका छन् ।
राजविराजबाट विरगन्ज तर्फ आउदै गरेकाे प्रदेश ३-०१-००५ ख ९९७१ नम्बरकाे बसले ठक्कर दिँदा लालबन्दी नगरपालिका १७ का नेत्र बहादुर कार्कीका अन्दाजी ५ वर्षका छाेरा राेनिश कार्की गम्भीर घाईते भएको छन् भने नेत्र बहादुरकी आमा अन्दाजी वर्ष ५६ कि दिलमाया कार्की घाईते भएकी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस तिब्रगतिमा रहेकाे बसले ठक्कर दिएर घाईते बनाएका राेनिशकाे शरिरका विभिन्न भागमा गम्भीर चाेटपटक लागेकाे साथै दिलमाया सामान्य घाईते भएकी छन् ।
ठक्कर दिने बस ईलाका प्रहरी कार्यालय लालबन्दीकाे नियन्त्रणमा रहेकाे र घाईतेहरुलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी काठमाडौं पठाउने तयारी भई रहेकाे छ । जनकपुर वीरगन्ज चल्ने यात्रु बसहरुकाे तिब्रगतिका कारण विभिन्न समयमा पटक पटक दुर्घटनाहरु भई मानविय क्षेती हुने गरेकाे भए पनि सराेकारवाला निकाय माैन बस्दा दुर्घटनाको जाेखिम झन बढी रहेकाे जानकारहरु बताउँछन् ।