टुटेश्वर क्षेत्रबाट दुई सय बढी सालका रुख काटीयो,संग्लग्नको पहिचान खुलाउने काम हुँदै

323 Shares

महोत्तरीको बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वर मन्दीर जाने बाटो छेउका दुई सय भन्दा बढी सालका रुखहरु काटिएको छ। देशभर भएको पछिल्लो राजनीतिक घटनाक्रम र त्यसबाट सृजना भएको असहज परिस्थितिको फाईदा उठाउँदै बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वरनाथ साझेदारी वन व्यवस्थापन समितिको क्षेत्रबाट दुई सय नौ वटा सालका रुख काटीएको सव डिभिजन वन कार्यालय टुटेश्वरका प्रमुख एवम सहायक वन अधिकृत राकेश वि.कले जानकारी दिए ।
उनका अनुसार बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वरनाथ साझेदारी वन व्यवस्थापन समितिको क्षेत्र टुटेश्वर मन्दीर जाने सडकको छेउमा रहेका दुई सय नौ वटा सालका रुख आधुनिक हँतियारको प्रयोग गरी काटिएको पाइएको हो।देशभर भएको पछिल्लो राजनीतिक घटनाक्रम र त्यसबाट सृजना भएको असहज परिस्थितिका कारण वनकर्मीहरुले गस्ती गर्न नसकि रहेको अवस्थामा त्यसको फाईदा उठाउँदै स्थानीय केही मानिसहरुले सडक छेउका रुखहरु काटेका हुन।देशभर भएको पछिल्लो राजनीतिक घटनाक्रम र त्यसबाट सृजना भएको असहज परिस्थितिको फाईदा उठाउँदै सव डिभिजन वन कार्यालय टुटेश्वरको कार्यालयमा तोडफोड तथा आगजनी समेत गर्न आएका बर्दिवास नगरपालिका ५ टुटेश्वरका कृष्ण कुमार घलानलाई नियन्त्रणमा लिएको भएपनि उनी तत्कालै छाडिएका छन् भने टुटेश्वरनाथ साझेदारी वन व्यवस्थापन समितिका सदस्य समेत रहेका सोही स्थानका सूर्य बहादुर वि.क.फरार भएका छन्।तत्काल स्थानीयको भिडका कारण उनीहरुलाई नियन्त्रणमा राख्न नसकिएको भएपनि उनीहरु सहित धेरै जनामाथि अनुसन्धान सुरु भएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख एवम डिभिजन वन अधिकृत अजय मिश्रले जानकारी दिए ।
उनका अनुसार सो क्षेत्रमा पटक पटक रुख काटी तस्करी हुने गरेको र वनकर्मीहरुको टोलीले निगरानी बढाएपछि केही मानिसहरु शंकाको घेरामा राखीएकोमा उनीहरु नै अहिले रुख काट्ने काममा संग्लग्न रहेका पाइएपछि रुख काट्दै गर्दा घलानलाई नियन्त्रणमा लिएको र अर्काे वि.क.भने भाग्न सफल भएका छन्।फरार भएका घलान सहित वि.क.को खोजी जारी रहेको र घटनास्थमा रहेका रुखको विवरण संकलनको काम सकिए पनि कति क्युवि फिट छ भन्ने विवरण निकाल्न बाँकी रहेको छ ।यता,उक्त क्षेत्रमा रुख काँटीदै गरेको सूचनाको आधारमा मंगलबार राती घटनास्थलमा पुग्दा स्थानीयले घरायसी हात हँतियार देखाएर धम्की लगाउँदै आफुलाई करिब डेढ घण्टा नियन्त्रणमा लिएका टुटेश्वरनाथ साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष विनय कुमार झाले बताए।उनका अनुसार साझेदारीका सदस्य समेत रहेका वि.क.लाई फोन गर्दा उनले अहिलेको परिस्थितिमा कसैले रोक्न नसक्ने बताए ।
सो क्षेत्रबाट पटक पटक रुख काटी तस्करी हुने गरेको भएपनि तस्करहरुलाई यस अघि वनकर्मीहरुले आश्रय दिँदै आएका कारण पछिल्लो समय ठुलो संख्यामा रुख काटीएको स्थानीय बताउँछन्।स्थानीयका अनुसार वनकर्मीहरुको मिलेमतोमा यस अघि पनि सो क्षेत्रबाट वन तस्करी हुने गरेको थियो।त्यसैको प्रतिफल स्वरुप अहिले दुई सय भन्दा बढी रुखहरु काटीएको स्थानीय बताउँछन् ।

 

सम्बन्धित समाचार