सर्लाहीको हरिवनमा चौंथो नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड खेदकुद प्रतियोगिता सुरु भएको छ ।हरिवन नगरपालिका १० स्थित चतुुर्भूजेश्वर जनता मा.वि.मा आयोजित प्रतियोगिताको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) ले उद्घाटन गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष भुुजेलको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत प्रतीक कार्की,विभिन्न वडाका वडाध्यक्षहरुका साथै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको विशेष उपस्थितिमा प्रतियोगिता उद्धघाटन गरिएको हरिवन नगरपालिकाको शिक्षा शाखा संयोजक रुस स्टालिन चौलागाईले जानकारी दिए ।
उनकाअनुसार आईतबारसम्म चल्ने प्रतियोगितामा नगरभित्रका विभिन्न १६ वटा विद्यालयका विद्यार्थीबिच विभिन्न विधाका खेलकुदमा प्रतिस्पर्धा हुने छ । उद्घाटनकै दिन विद्यार्थीबिच विभिन्न खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गराइएको चतुुर्भूजेश्वर जनता माध्यमिक विद्यालयले जनाएको छ ।