Close This

ब्रम्हपुरी गाउँपालिकामा कोको ?

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१५ गते   २५३ पटक हेरिएको

सर्लाहीको ब्रम्हपुरी गाउँपालिकाको सबै वडा सहित गाउँपालिका अध्यक्ष र उपा अध्यक्ष पनि  नेपाली कांग्रेसले जितेको छ । ७ वटा वडा रहेका ब्रम्हपुरी गाउँपालिकाको अध्यक्षमा राम पदारथ साह तेलीले ४ हजार ६ सय ६८ मत ल्याएर विजयी हुँदा निवर्तमान गाउँपालिका अध्यक्ष लोसपाका विनोद कुमार साहले ३ हजार २ सय ७१ मत ल्याउनु भयो ।  जसपाका विरेन्द्र कुमार रायले १ हजार ९ सय ७, नेकपा(माओवादी केन्द्र)का कृष्ण रायले १ हजार ४ सय ८० र नेकपा एमालेकी रिता कुमारीले ५ सय २ मत ल्याउनु भयो ।
यसै उपाअध्यक्षमा नेपाली कांग्रेसकी श्यामकला यादवले ४ हजार ६ सय १० मत ल्याएर विजयी हुँदा उहहाँकी निकटम प्रतिद्वन्दी लोसपाकी गीतादेवी रायले ३ हजार १ सय ११ मत मात्र ल्याउनु भयो । जसपाकोतर्फबाट उपा अध्यक्ष पदकी उर्मिला देवीले २ हजार १ सय ९५, नेकपा एमालेका कोपिन्द्र राय यादवले ५ सय ८९ ल्याउनु भएको छ ।
यस्तै, ७ वटा वडा रहेको ब्रह्मपुरी गाउँपालिकाको वडा नं. १ मा निरंजन प्रसाद कलवारले ५ सय ७०,वडा नं. २ मा शंकर साह तेलीले ६ सय ९१,वडा नं. ३ मा गौतम कुमार यादवले ७ सय २,वडा नं. ४ मा श्याम बाबु साहले ७ सय ४४,वडा नं. ५ मा नविन कुमार यादवले ४ सय ६९, वडा नं. ६ मा हिरेन्द्र कुमार यादवले १ हजार १ र  वडा नं. ७ मा रामसागर महतो कोइरीले ५ सय ७८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech