सर्लाहीको बसबरिया गाउँपालिकाको बजेट पारित गर्न बोलाइएको गाउँसभा स्थगित भएको छ ।गाउँ सभाको बन्द सत्रबाट निर्णय गरेर बजेट पारित गर्ने तयारी भएपनि उच्च अदालत जनकपुरको आदेशपछि गाउँसभा स्थगित भएको हो।बसबरिया गाउँपालिकाकी उपाध्यक्ष सरिता कुमारीले दायर गरेको निवेदनमा उच्च अदालत जनकपुरले उत्प्रेषणको आदेश गर्दै गाउँसभा स्थगन गरी भदौ १९ गतेलाई पेशी तोक्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार असारमै पारित गर्नुपर्ने नीति तथा कार्यक्रम र बजेट सर्लाहीका २० वटा पालिकाहरु मध्य बसबरिया गाउँपालिकामा अझै पारित हुन सकेको छैन्।गाउँपालिका अध्यक्ष राम सिंहासन राय र उपाध्यक्ष सरिता कुमारी बिचको आन्तरिक विवादका कारण समयमै गाउँसभा नहुँदा गाउँपालिकाको आर्थिक कारोबार ठप्प भएको छ ।जसका कारण शिक्षक तथा कर्मचारीहरुले तलब पाउन सकेका छैनन् भने सामाजिक सुरक्षा भत्ता रोकिएको छ ।
तत्काल गाउँसभा हुने अवस्था नदेखिएकाले नजिकिँदो चाडपर्वमा शिक्षक तथा कर्मचारीहरुले तलब पाउन सकेका छैनन् भने सामाजिक सुरक्षा भत्ता पाउने सम्भावना छैन्।उपाध्यक्ष सरिता कुमारी समेतको सहमतीमा बजेट पारित गर्ने योजना अनुसार गाउँसभाको बैठक बोलाइएकोमा फेरि उपाध्यक्ष आफै गएर मुद्दा दायर गरेर दोहोर चरित्र देखाएको गाउँपालिका अध्यक्ष रामसिंहासन रायको आरोप छ।उनका अनुसार केही सांसद र नेताको उक्साहटमा परेर उपाध्यक्ष सरिता कुमारीले सिङ्गो गाउँपालिकालाई बर्बाद पारेकी छन् ।
यता,बजेट बाँडफाँडको विषयमा गाउँपालिका अध्यक्ष रायले आफूसँग सल्लाह नै नगरेका कारण समस्या सृजना भएको उपाध्यक्ष सरिता कुमारीले बताईन्।जनप्रतिनिधिहरु बिचको विावदले गाउँपालिकाको विकास निर्माणको काम पुर्णरुपमा प्रभावित भएको छ भने शिक्षक तथा कर्मचारीहरुले तलब पाउन सकेका छैनन् भने सामाजिक सुरक्षा भत्ता नपाउने अवस्था आएको स्थानीयको आरोप छ ।