लक डाउनको उल्लंघन गरी सञ्चालीत रहेका अटो रिक्सा चालकहरुलाई ट्राफिक प्रहरीले सम्झाइ बुझाइ कार्यक्रम सुरु गरेको छ । सरकारले लक डाउनलाई केही सहज बनाएपछि सञ्चालनमा आएका अटो रिक्सा चालकहरुलाई ट्राफिक प्रहरीले सम्झाई बुझाई लक डाउनको समयमा आ–आफ्ना सवारी साधन नचलाउन आग्रह गरेको हो ।

सरकारले लक डाउन केही सहज भएको बताएपछि रोडमा निस्कीएका अटो रिक्सा चालकहरुलाई केही समय रोकेर लक डाउनको उल्लंघन नगर्न आग्रह गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक सुर्य नारायण यादवले बताउनु भयो ।
मोटरसाईकलमा समेत २ जना सवार नगर्न सरकारले आग्रह गरि रहेको समयमा सामाजिक दुरी कायम गर्नु पर्ने भएका कारण अटो रिक्सा चालकहरुलाई निजी तथा भाडाका अटो रिक्सा नचलाई सरकारले घोषणा गरेको लक डाउनलाई पुर्ण सहयोग गर्न आग्रह गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट लालबन्दीका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी असई हिरालाल पुरीले बताउनु भयो ।
सरकारले लक डाउनलाई केही सहज बनाएपछि लामो समयदेखि थन्कीएका अटो रिक्साहरु धमाधम रोडमा निस्कन थालेका छन ।विश्व व्यापी कोरोना माहामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि भन्दै सरकारले चैत्र ११ गतेबाट जारी गरेको लक डाउन निरन्तर रहेको छ । भने थप कोरोना संक्रमण नफैलियोस भनेर लक डाउन जारी राखेको सरकारले बताएको छ ।