सर्लाहीको रामनगरमा शसस्त्र प्रहरी जवान साहमाथी गाेली प्रहार, एक जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-१ गते   ८७४ पटक हेरिएको

सर्लाहीको रामनगर गाउँपालिका ७ मा शुक्रबार साँझ गोली प्रहार हुँदा एक सुरक्षाकर्मी घाईते भएका छन् । गोली लागेर शसस्त्र प्रहरीका जवान अन्दाजी  ३२ वर्षीय सुरेश साह घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिए। उनका अनुसार काभ्रेमा कार्यरत शसस्त्र प्रहरी जवान साह बिदामा घर आएका थिए ।
साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ करिब ७ बजे शसस्त्र प्रहरी जवान साहमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । पाखुरामा एक गोली लागेर घाइते भएका शसस्त्र प्रहरी जवान साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यावदले  जानकारी दिए। उनका अनुसार शसस्त्र प्रहरी जवान साहको अवस्था सामान्य रहेकाे छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाका विषयमा आवश्यक अनुसन्धान सुरु भएको  प्रहरीका प्रवक्ता यादवले बताउनु भयाे । घटनाका सम्वन्धमा थप विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech