सर्लाहीका अधिकांश स्थानिय निकायहरुकाे अनलाइन वेचसाईट अपडेट भएको पाईएकाे छ । जनतालाई प्रत्यक्ष र सहजरूपमा सूचना प्राप्त होस् भनेर सरकारले वेबसाइट निर्माण गरेको भए पनि यसको सदुपयोग नभएको पाइँएकाे छ ।
जिल्ला समन्वय समिति सर्लाही सहित जिल्लाका २० वटै स्थानिय निकायकाे अनलाइन वेभसाईट अपडेट नभएको पाईएकाे हाे । जिल्लाका कतिपय स्थानीय निकायहरुकाे अनलाइन अपडेट विगत करिब ४/५ वर्षदेखि अपडेट नभएको पाईएकाे हाे । वैशाखमा सम्पन स्थानीय तहको निर्वाचनपछि असार ५ बाट जिल्ला समन्वय समिति सर्लाहीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले कार्यभार सम्हालेका भए पनि पुरानै जनप्रतिनिधिहरु र सरुवा भएर।अन्यत्र गई सकेका कर्माचारीहरुकाे विवरण अनलाइन मै देखिन्छ ।
नवनिर्वाचित जिससको प्रमुख कौशलकिशोर सिंह र उपप्रमुखमा जीतेन्द्रकुमार महतो तथा सदस्यहरूमा रामबहादुर बोम्जन, अलाउदिन मियाँ, रामशिलाकुमारी यादव, रेखादेवी साह, पासवतीदेवी थरुनी र सोनावती देवी तथा हेम कार्कीलगायतले कार्यभार समालेको करिब एक महिना पुग्न लाग्दा समेत जिल्ला समन्वय समिति सर्लाहीको नयाँ विवरण भरिएको छैन। भने जिल्लाका स्थानिय निकायहरुले पनि नयाँ अपडेट नगरेकाे पाईएकाे हाे ।