सर्लाहीका सरोकारवाला निकाय सुस्त हुँदा नीजि स्वास्थ्य संस्थाको मनोमानि,

501 Shares

सर्लाहीमा मापदण्ड विपरित खुलेका नीजि स्वास्थ्य संस्थाहरुको ज्यादती उग्र भएको छ।सामान्य चिकित्सा शिक्षा समेत अध्यायन नगरेका मानिसहरुले अर्थाेपार्जनको योजना बनाउँदै सर्लाहीमा मापदण्ड विपरित खुलेका नीजि स्वास्थ्य संस्थाहरुको चर्काे असुलीका साथै गैर कानुनी धन्दा बढेको पाइएको हो ।
सर्लाहीमा पछिल्लो समय मापदण्ड विपरित खुलेका नीजि स्वास्थ्य संस्थाहरुको ज्यादती उग्र भएको स्थानीयको गुनासो छ।जिल्लाका विभिन्न स्थानहरुमा फेशनको रुपमा खुलेको नीजि स्वास्थ्य संस्थाहरु मापदण्ड विपरित मात्रै नभई गैर कानुनी(भ्रुण हत्या)कार्यमा समेत संग्लग्न हुने गरेका भएपनि अनुगमन प्रभावकारी नभएको महासचिव,नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताए ।
उनका अनुसार जिल्लामा सञ्चालित नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन गरी मापदण्ड पुरा गरे÷नगरेका भन्ने विषयमा सरोकारवाला निकायले तादरुकता नदेखाउँदा जिल्लाका सयौँ नीजि स्वास्थ्य संस्थाहरुको मनोमानी बढेको पाइएको हो।जिल्लाका केही स्थानीय तहहरुले अनुगमन गरेपनि कार्यन्वयन गर्ने सवालमा उनीहरु आफैँ मौन देखिँएका साथै अनुगमन निरन्तर आवश्यक रहेको साथै अनुगमनको नाममा मात्रै अनुगमन हुँदा नीजि स्वासथ्य संस्था सञ्चालकहरुको मनोवल बढेको उनले बताए ।
जिल्लाभर सञ्चालित सयौँ नीजि अस्पताल,पोलिक्लिनिक,मेडिको क्लिनिक,औषधी पसलहरु,दाँत उपचार क्लिनिक,नाक,कान,आँखा उपचार क्लिनिकहरुका साथै आर्युवेदिक क्लिनिकहरुको नियमति अनुगमन तथा नियमन हुन सक्दा मापदण्ड विपरित सञ्चालन हुनुका साथै गैर कानुनी धन्दा समेत मौलाएको पाइएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिक्रानीले बताए।उनले आफुहरुले पटक पटक अनुमगन गरेको भएपनि नियमन गर्ने सवालमा आफुहरु चुकेको भएपनि अब कडाईका साथ नियमन हुने समेत बताए ।
जिल्लाको लालबन्दी,नवलपुर,मलंगवा,बरहथवा लगायतका स्थानमा सबै भन्दा नीजि स्वास्थ्यहरु रहेका र कुनैपनि स्वास्थ्य संस्थाहरु मापदण्ड अनुसार नरहेका भएपनि सरोकारवाला निकायको सुस्तताको फाईदा मापदण्ड विपरित सञ्चालित नीजि स्वास्थ्य संस्थाहरुले लिई रहेका लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख एवम नगरस्तरिय अनुमगन समितिकी संयोजक कल्पना माया पाख्रिनले बताईन्।उनले अनुगमनका क्रममा नीजि स्वास्थ्य संस्थाहरुका सञ्चालकहरुबाट अनुमगन समिति एवम जनप्रतिनिधिहरु माथि दुव्र्यवहार हुने गरेको समेत बताईन् ।उनले अनुगमन गरि मापदण्ड विपरित सञ्चालित नीजि स्वास्थ्य संस्थाहरुलाई आवश्यक कानुन अनुसार कडाईका साथ कार्बाही हुने समेत बताईन् । 
विगत लामो समयदेखि सञ्चालनमा रहेका केही नीजि स्वास्थ्य संस्थाहरु र हालसालै सञ्चालनमा आएका नीजि स्वास्थ्य संस्थाहरुल सामान्य पनि मापदण्ड पुरा नगरेर नागरिकको स्वास्थ्य माथि खेलवाड गरि रहेका पाइएको जिल्लास्तरिय अनुगमन समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले बताए ।उनले जिल्लामा सञ्चालित अधिकांश नीजि स्वास्थ्य संस्थाहरु जनस्वास्थ्यको सम्वेदनसिल विषय रहेकाले पनि आफुहरु गम्भीर रुपमा लागेको बताए ।
जिल्लाका केही स्थानीय तहहरुले समय समयमा अनुगमन गर्ने गरेका भएपनि अनुमगनका लागि मात्र अनुगमन भएको स्थानीय जानकारहरु बताउँछन्।जसका कारण मापदण्ड विपरित सञ्चालित नीजि स्वास्थ्यहरुको मनोवल बढेको छ भने गैर कानुनी (भ्रुण हत्या)का धन्दा मौलाई रहेका छन् । 

सम्बन्धित समाचार