Close This

त्रिभुवननगरबाट ठुलो परिमाणमा लागु औषधसहित १ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-१७ गते   ३८९ पटक हेरिएको

जिल्लाको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगरबाट शसस्त्र प्रहरीले ठुलो मरिमाणमा लागु औषध सहित एक जनालाई पक्राउ गरेको 

ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर दशगजा क्षेत्र शेखटोल नाकाबाट सय बोतल  लागु औषध सहित सोमबार दिउँसो करिब बजे एकजनालाई नियन्त्रणमा लिएको वोर्डर आउट पोष्ट(बिओपी)का प्रमुख तथा शसस्त्र प्रहरी निरिक्षक संजित कुमार सिंहले जानकारी दिनु भयो

cufcure -dc 100ml का ११ बोतल,wincirex-100ml का  सय ४० बोतल,replin 100ml का ५०  बोतल nitravet -10 tabs  लेखिएको पक्ता सहित सर्लाहीको हरिवन नगरपालिका ११ का अन्दाजी वर्ष १६ का अजय गीरि पक्राउ परेका शसस्त्र प्रहरी निरिक्षक सिंहले बताउनु भयो

भारतबाट लुकाई छिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा गस्तीमा रहेको शसस्त्र प्रहरीको टोलीले सो परिमाणमा लागू औषध बरामद गरेको हो नेपाली बजारमा विक्रि वितरण तथा प्रयोगमा प्रतिवन्ध रहेको लागु औषध पछिल्लो समय नेपाल भारत खुल्ला सिमानाको कारण नेपाली बजारमा प्रशस्त पाइने गरेको

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech