सायद धेरै कुरा समयकाे बेगले छाेडेर गयाे
कहिलेआकाश कहिले धर्ती ओढेर गयो ....!!
म त्यहीँ आशाका पालुवाहरु सँग रमाउदै थिएँ
कस्तो हुण्डरी आयाे !! बेगले पहरा फाेडेर गयाे !!
समय हाे जीवन , समयले नै चिनाउँछ दुनियाँ भन्थे ,
साँच्चै रहेछ आखिर बिश्वासले , दील ताेडेर गयाे !!
बार्दलिमा बसेर हेरिरहेछु त्याे सडककाे रमिता
आफ्नो तिर आउने खुशी ,अन्तै बाटाे माेडेर गयाे !!
समयलाई स्विकार्नुकाे बिकल्प छैन भन्याै आखिर ,
के गर्छाै हे राजन !! तिम्रो बिरासत अर्कैले जाेडेर गयाे !! अस्मिता भण्डारीकाे गजल