Close This

१० बजे राती पोखरी अनुगनम गर्न गएका वडा अध्यक्षको हत्या, २ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१२ गते   १३२ पटक हेरिएको

 सर्लाहीको ईश्वरपुर नगरपालिका ३ का वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या गरिएको छ । वडाध्यक्ष श्रेष्ठ र ठेकेदार तथा जेसिबी चालक बीच शुक्रबार बेलुका इश्वरपुर नगरपालिका ३ मा पोखरीको सौन्दर्यीकरण गर्ने क्रममा नै विवाद भएको थियो ।  
इश्वरपुर नगरपालिका ३ मा पोखरीको सौन्दर्यीकरण गर्ने क्रममा नै विवाद उत्पन्न भएको थियो भने पछि संगै खाजा खाएर विवाद समाधान गर्ने भनेपनि कुराकानी नमिल्दा पुनः पोखरीको निरीक्षण गर्ने क्रममा वडा अध्यक्ष श्रेष्ठको हत्या गरिएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले  दुई जनालाई पक्राउ गरेको छ भने १ जना फरार रहेका छन् ।  पक्राउ पर्नेमा जेसिबी चालक हर्कबहादुर तामाङ र ठेकेदार प्रेम दाहाल रहेका छन् । 
शुक्रबार साँझ ठेकेदार दाहालसँगै वडा अध्यक्ष श्रेष्ठ सहितका टोली सौन्दर्यीकरण भईरहेको मुखलाल दास पोखरीको निरीक्षण गर्ने क्रममा विवाद हुँदा जेसिबी चालक तामाङले हत्या गरेका सर्लाही प्रहरीले जनाएको छ ।
सो पोखरीको सौन्दर्यीकरणका गर्ने क्रममा नै विवाद उत्पन्न भएको थियो भने पछि संगै खाजा खाएर विवाद समाधान गर्ने भनेपनि कुराकानी नमिल्दा पुनः पोखरीको निरीक्षण गर्नेक्रममा वडा अध्यक्ष श्रेष्ठको हत्या गरिएको हो । विवादकै क्रममा आक्रोशित जेसिबी चालक  तामाङले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनु भयो ।
प्रहरीका अनुसार वडा अध्यक्ष श्रेष्ठको हत्यापछि त्यही पुरेर चालक फरार भएका थिए । प्रहरीलाई खबर प्राप्त भएलगत्तै घटनास्थल पुगेर शव गाडेको ठाउँबाट शव निकालिएको प्रहरी उपरीक्षक राठौरले बताउनु भयो । हत्या आरोपमा पक्राउ परेका दुवै जना प्रहरी नियन्त्रणमा छन् भने थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक राठौरले बताउनु भयो । 
शुक्रबार राति करिब १० बजे संगै खाना खाएर डोजरले खनेको पोखरीतर्फ जाँदै गर्दा विवाद भएको र डोजर भएको ठाउँमा पुगेपछि चालकले श्रेष्ठको हत्या गरेका प्रहरीको भनाई छ । भने राती १० बजेको समयमा पोखरी निरिक्षण गर्नु जानु र हत्या गरिनु शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech