म्यादी प्रहरीमा भर्ना गरिदिने भन्दै ठगि गर्ने चाैधरी पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१८ गते   २७१ पटक हेरिएको

म्यादी प्रहरीमा भर्ना गराईदिन्छु भन्दै ठगी गर्ने एकजनालाई सर्लाही प्रहरीले पक्राउ गरेकाे छ । म्यादी प्रहरीमा भर्नामा पास गराई दिन्छु भन्दै ठगी गरेकाे आराेपमा जिल्लाकाे चन्द्रनगर गाउँपालिका ७ का अन्दाजी ३९ वर्षीय दिपेन्द्र चौधरीलाई शुक्रबार पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
 आसन्न स्थानीय निकाय निर्वाचनको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीले छनाैट गरिरहेकाे म्यादी प्रहरी भर्नामा सहभागी हुन आएकालाई पास गराईदिन्छु भन्दै चाैधरीले ठगी गरेकाे प्रहरीले जनाएको   छ ।
अभियुक्त चाैधरीले म्यादीमा छनौटका लागि आएका एवम फेल भईसकेका व्यक्तिहरुलाई समेत पास गराईदिन्छु भन्दै झुटा आश्वासन दिएर ठगी गर्न खोजेकाे प्रहरीले जनाएकाे छ । अभियुक्त चाैधरीलाई जिल्ला अदालतबाट ७ दिनकाे म्याद लिएर अनुसन्धान अगाडि बढाईएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech