Close This

लालबन्दी १६ मा पाँचौ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियाेगिता सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-५ गते   २७४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरमा पाँचौ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियाेगिता सुरु भएको छ । लालबन्दी नगरपालिका १६ परवानीपुरमा हरेक वर्ष हुने वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियाेगिताकाे पाँचौं संस्करण सुरु भएको हाे । 
नेपालीहरुकाे महान पर्व बढादशैँ,शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा लालबन्दी नगरपालिका १६ काे आयाेजना एवम मिरमिरे युवा क्लब लालबन्दी नगरपालिका १६ काे सह आयाेजनामा आजबाट सुरु भएको प्रतियोगिता  असाेज १५ गते सम्म चल्ने सह आयाेजक मिरमिरे युवा क्लबका अध्यक्ष रमेश कुमार गुर्मछान मगरले जानकारी दिए ।
लालबन्दी नगरपालिका १६ परवानीपुरकाे भाेर्लेनीमा रहेकाे खेलमैदानमा आयाेजना गरिएको प्रतपयाेगिताकाे लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले उद्घाटन गर्नु भएको लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिए ।
१० दिन सम्म चल्ने प्रतियोगितामा लालबन्दी नगरपालिकाका १७ वटै वडाहरुबाट १/१ वटा टिमकाे सहभागीता रहने आयाेजक लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष थापाले बताए  ।  १० दिन चल्ने प्रतियाेगिताका विजेतालाई रु ७० हजार नगद,प्रमाण पत्र र सिल्ड र उप विजेतालाई रु ३५ हजार,प्रमाण पत्र र सिल्ड प्रदान गरिने आयाेजकले जनाएको छ ।
उद्घाटन सत्रकाे पहिलाे दिन लालबन्दी नगरपालिका १६ र लालबन्दी नगरपालिका ११ काे टिम विच खेल हुने आयाेजकले जनाएको छ ।
कार्यक्रममा प्रमुख अथिति नगर प्रमुख अधिकारी,विशिष्ट अतिथि नगर उप प्रमुख कल्पना कुमारी पाख्रिङ,जिल्ला खेलकुद वपकास समिति सर्लाहीका उपा अध्यक्ष विभुसिंह थापा र लालबन्दी नगरपालिकाका विभिन्न वडाहरुमा वडा अध्यक्षहरुका साथै स्थानिय भद्रभलाद्मी,स्थानियबासी र खेलप्रेमी खेलाडीहरु र खेलप्रेमीहरुकाे उपस्थिति रहेकाे थियाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech