Close This

(नेकपा एस) को सर्लाही जिल्ला भेला सम्पन्न,अध्यक्ष र सचिव सोमबार चयन हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२७ गते   ३७ पटक हेरिएको

नेकपा (एकीकृत समाजवादी) पार्टी सर्लाहीको जिल्ला स्तरीय कार्यकर्ता भेला,पदाधिकारी घोषणा कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष, सचिव लगायत पदाधिकारी सहित जिल्ला नेतृत्व चयन गर्ने उद्धेश्यका साथ भेला आयोजना गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टी सर्लाहीले जनाएको छ । भेला मार्फत ३ सय ५१ सदस्यीय जिल्ला कमिटी कायम भएको घोषणा गरिएको छ । तर पदाधिकारीहरु भने चहन हुन बाँकी रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश दुई अध्यक्ष रामचन्द्र रायले हाल पदाधिकारी बाहेकको ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको र सोमबार प्रदेश कमिटीबाट अध्यक्ष, सचिव लगायत पदाधिकारीहरुको नामावली सार्वजनिक गर्ने बताउनु भयो ।
पार्टी श्रोतका अनुसार जिल्ला सचिवमा सहमति जुट्न नसकेपछि पदाधिकारीको घोषणा हुन नसकेको हो । जिल्ला अध्यक्षमा भने नेता सुरेन्द्र लामाको नाममा लगभग सहमति भईसकेको र सचिवमा भने सहमति जुट्न नसकेको नेकपा(एकिकृत समाजवादी) श्रोतले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech