नेपाल कम्युनिष्ट पार्टी( नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले कोरोना संक्रमणको समयमा पनि निरन्तर अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई मंगलवार सम्मान गरेको छ ।
सर्लाहीको लालबन्दी, हरिवन र मलंगवामा कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियुले स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरुलाई सम्मान गरेको हो ।
कोरोना माहामारीमा पनि अहोरात्र खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमाथि देशका विभिन्न स्थानमा दुव्र्यवहार भइरहेकाले उनीहरुलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन आफूहरुले सम्मान कार्यको सुरुवात गरेको लालबन्दी नगरपालिका–६, का वडाध्यक्ष तथा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य उज्वल कुमार कार्कीले जानकारी दिनु भयो ।
लालबन्दीमा वडाध्यक्ष कार्की, हरिवनमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सुखेपोखरी क्याम्पस कमिटीका सभापति प्रज्वल ढुंगाना र मलंगवामा अनेरास्ववियुका जिल्ला सह–संयोजक समिम बाबु मिँयाको नेतृत्वमा सम्मान कार्यक्रम सम्पन्न गरिएको अनेरास्ववियु सर्लाहीले जनाएको छ ।