गौसला ४ को अस्पताल निर्माण मापदण्ड विपरित र गुणस्तरहिन

681 Shares


महोतरीको गौसला नगरपालिका  ४ मा १२ करोड ४९ लाख ७९ हजार ३१ रुपैयाँ १२ पैसामा निर्माण सुरु भएको १५ शैयाको प्राथमिक अस्पताल निर्माणको विषयलाई लिएर नगर उप प्रमुख सहितका जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । नमुना कन्ट्रक्सन प्रा.लिले गौसला नगरपालिका  ४ मा १५ शैयाको प्राथमिक अस्पताल निर्माणको लागि १२ करोड ४९ लाख ७९ हजार ३१ रुपैयाँ १२ पैसामा ठेक्का सकार गरेर निर्माणको काम सुरु गरेको भएपनि निर्माण कार्य गुणस्तरहिन र मापदण्ड विपरित रहेको भन्दै नगर उप प्रमुख रेनु कुमारी महतो सहितका जनप्रतिनिधिहरुले आपती जनाएका हुन । 

गौसला नगरपालिका  ४ मा १२ करोड ४९ लाख ७९ हजार ३१ रुपैयाँ १२ पैसामा निर्माण सुरु भएको १५ शैयाको प्राथमिक अस्पताल निर्माणको काम गुणस्तरहिन हुनुका साथै मापदण्ड विपरित रहेको अनुगमनको क्रममा पाइएपछि ठेकेदार कम्पनीलाई आफुहरुले सचेत गराएको गौसला नगरपालिका नगर अनुगमन समितिकी संयोजक एवम नगर उप प्रमुख महतोले बताइन् ।जनताको स्वास्थ्यसंग सरोकार राख्ने अस्पताल जस्तो कुरा गुणस्तरहिन र मापदण्ड विपरित रहेको पाइएपछि आफुहरुले निर्माण कार्य रोक्न ठेकेदार कम्पनीलाई आग्रह गरेको गौसला नगरपालिका नगर अनुगमन समितिकी संयोजक एवम नगर उप प्रमुख महतोले बताईन् ।

१८ करोड रकम मध्य पहिलो पटक रु १६ करोडमा ठेक्का लागेको भएपनि पछि सो ठेक्का तोडेर पुन १२ करोड ४९ लाख ७९ हजार ३१ रुपैयाँ १२ पैसामा नमुना कन्ट्रक्सन प्रा.लिले १५ शैयाको प्राथमिक अस्पताल निर्माणको ठेक्का सकार गरेको नगरपालिकाले जनाएको छ ।१५ शैयाको प्राथमिक अस्पताल निर्माणको जग नै नक्सा विपरित र फाउण्डेशन वाल विम भन्दा बाहिर ट्राईपिट बिम राखेर त्यसमाथि वाल लगाउने काम सुरु गरेको पाइएपछि नगरपालिकाको अनुगमन समितिले दिर्धकालीन नहुने भन्दै काम रोकेर जगैदेखि गुणस्तरिय र दिर्धकालीन काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।

१५ शैयाको प्राथमिक अस्पताल निर्माणको काममा जग नै नक्सा विपरित र फाउण्डेशन वाल विम भन्दा बाहिर ट्राईपिट बिम राखेर त्यसमाथि वाल लगाउने काम सुरु भएको छ भने विममा बिछ्याइएको रडपनि गुणस्तरहिन रहेको साथै बाङ्गो बनाइएको छ ।काम दिर्धकालीन रुपमा हुने खालको नभएको निर्माण कम्पनीका प्राविधिक एवम साईड इन्चार्ज धर्मेन्द्र कुमार यादवले स्विकार गरेका छन् ।

उनले भने डिजाईनरले दिएको डिजाईन अनुसार आफुहरुले काम गरेको र प्राविधिक नियमानुसार डिजाईन पाएपछि गरेको कामलाई गुणस्तरहिन भन्न नमिल्ने भएपनि वास्तविक काम चाहिँ मापदण्ड विपरित नै भएको स्विकार गरे ।१२ करोड ४९ लाख ७९ हजार ३१ रुपैयाँ १२ पैसामा निर्माण सुरु भएको १५ शैयाको प्राथमिक अस्पताल निर्माणको निर्माण कार्य मापदण्ड विपरित र गुणस्तरहिन भएको भन्दै अनुगमन समितिले चासो राखिरहेको भएपनि नगर प्रमुख डा.दिपेन्द्र महतो,प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुर र नगरपालिकाका इन्जिनियर लगायतका अन्य केही जनप्रतिनिधिहरु मौन देखिएका छन् ।

गौसला नगरपालिकाका १२ वटा वडाहरु मध्य जनता समाजवादी पार्टी(जसपा)बाट ७ जना वडा अध्यक्षहरु र नगर प्रमुख,उप प्रमुख गरी बहुमत निर्वाचित भएका भएपनि नगर प्रमुख दिपेन्द्र र उप प्रमुख रेनुकै विचमा तालमेल नमिलेको पाइएको छ । नगर उप प्रमुख एवम अनुगमन समितिकी संयोजक रेनुले मापदण्ड विपरित र गुणस्तरहिन भएको भन्दै अस्पताल निर्माणको काम रोक्न निर्देशन दिई रहेको समयमा नगर प्रमुख डा.दिपेन्द्रले भने काम नरोक्न ठेकेदार कम्पनीलाई भनेका नगरपालिका स्रोतको दाबी छ ।

नगर प्रमुख डा.दिपेन्द्र र उप प्रमुख रेनु विच तालमेल नमिल्दा गौसला नगरपालिकामा भएका विभिन्न विकास निर्माण कामहरु पनि केही प्रभावित भएका छन् भने युवा नेतृत्व आउँदा खुसी भएका गौसलाबासी सोचे अनुसारको विकास निर्माणको काम नहुँदा निराश भएका छन् ।२०७९ माघ २६ गतेबाट सुरु भई २०८१ माघ २७ गते अस्पताल निर्माणको काम  सकाउनु पर्ने समयसिमा तोकिएको छ ।

सम्बन्धित समाचार