Close This

क्वारेन्टाइन निर्माणको लागि तीनपाटनमा गैरसरकारी संस्थाहरुको सहयोग

पत्र पत्रिका    प्रकाशित: २०७७-१-१६ गते   ३६३ पटक हेरिएको

। जिल्लाको तीनपाटन गाउँपालिकामा क्वारेन्टाइन निर्माणको लागि गैरसरकारी संस्थाहरुको सहयोग गरेका हुन । विश्व महामारीको रुपमा फैलिएको कोभिड –१९ (कोराना भाइरस) रोकथाम तथा नियन्त्रणकको लागि क्वारेन्टाइन निर्माणको सिन्धुलीमा कार्यरत गैरसरकारी संस्थाहरुले गाउँपालिका लाई सहयोग गरेका हुन ।

गाउँपालिका लाई वल्र्डभिजन इन्टरनेसनल नेपालको साझेदारीमा कार्यक्रम संचालन गर्दै आएका रिलिफ नेपाल, ग्रामिण महिला सचेतना केन्द्र ( भिडब्लु सी.सी), सामुदायिक बिकास कार्यक्रा सिन्धुली र सिन्धुली एकिकृत बिकास समाज ( सिड्स )नेपालले क्वारेन्टाइन निर्माण गर्नको लागि काठको खाट १४ थान,स्यानेटाइजर २० थान, स्प्रे २ थान चप्पल २० जोर र थ्रममिटर १० थान सहयोग गरेका छन ।

रिलिफ नेपालका कार्याकारी निर्देशक खुसराज पौडे, ग्रामिण महिला सचेतना केन्द्र ( भिडब्लु सी.सी) सिन्धुलीका अध्यक्ष खड्ग बहादुर सुनुवार, सामुदायिक बिकास कार्यक्रा सिन्धुलीका कोषाध्यक्ष सम्भु माझी र सिन्धुली एकिकृत बिकास समाज ( सिड्स )नेपालका शिक्षा परियोजना कार्यक्रम संयोजक नारायण पाण्डेले संयुक्त रुपमा क्वारेन्टाइन निर्माण सामाग्रीहरु गाउँपालिका अध्यक्ष कर्ण थापामगर लाई हस्तान्तरण गरेको रिलिफ नेपालका फिल्ड सुपरभाइजर शान्ति बरालले जानकारी दिए ।
क्वारेन्टाइन सामाग्री हस्तान्तरण पछि, गाउँपालिका अध्यक्ष थापाले यो बिपत्तीको समयामा गैरसरकारी संस्थाहरुले साथ दिएकोमा धन्यवाद ब्यक्त गरेका थिए । उनले आगामी दिनमा गाउँपालिका र गैरसरकारी संस्था सहकार्य गरेर अगाडी बढ्ने र अझै साथ सहहयोगको अपेक्षा समेत रहेको बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech