खोप लगाइए पछि भौतिक उपस्थिती मै विद्यालय सञ्चालन

6.6k Shares

सर्लाहीका विद्यालयहरुले आफ्नो नियमित पठनपाठन शूरु गरेका छन् । कोरोना संक्रमण र खोप अभियान चलेको समयमा खोप लगाउन भन्दै बन्द रहेका जिल्ला सामुदायिक तथा निजी विद्यालयहरुले आफ्नो पठनपाठनको काम नियमित गरेका हु्न । 
जिल्लाको २० वटै पालिकामा रहेका सामुदायिक तथा निजी,धार्मिक लगायतका सबै विद्यालयले विद्यार्थीहरुलाई खोप लगाइ सकेका कारण विद्यार्थीहरुको भौतिक उपस्थितिमै पठनपाठन संचालन गरेका शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीले जनाएको छ । 
जिल्लाका पालिकाहरुले सूचना निकालेर विद्यार्थीहरुलाई कोरोना विरुद्धकोखोप लागउने भएकाले विद्यालय बन्द रहने जानकारी गराएका थिए भने विद्यार्थीहरुलाई खोप लगाईसके पछि पुन सुचना निकालेर पठनपाठन सूचारु गर्न विद्यालयहरुलाई निर्देशन दिएको मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहले बताउनु भयो ।
जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका १ लाख २ हजार ९ सय ८७ जना विद्यार्थीले मोर्डना खोपको पहिलो मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । दोस्रो मात्रा खोप लगाउने विद्यार्थीको संख्या भने संकलन भइरहेको स्वास्थ्य कार्यालय प्रमुख डा. नवलकिशोर झाले जानकारी दिनुभयो ।
डा. झाका अनुसार अधिकांश विद्यार्थीहरुलाई स्वास्थ्यकर्मीले विद्यालयमा नै पुगेर खोप लगाएका छन् । स्वास्थ्य चौकी नजिकै रहेका केही विद्यालयका विद्यार्थीहरुलाई भने स्वास्थ्य चौकीमा बोलाएर खोप लगाइएको र केही निजि विद्यालयहरुले अभियन सञ्चालन हुनु पुर्व नै खोप लगाएका छन् । जिल्लाका स्थानिय निकायहरुले स्वास्थ्य मापदण्डको पालना गरेर विद्यार्थीहरुको भौतिक उपस्थिती मै विद्यालय सञ्चालन गर्न निर्देशन गरेका छन् ।

सम्बन्धित समाचार