सर्लाहीको रामनगर गाउँपालिका ५ मा स्थानीयले सवारी चेकजाँचमा खटिको प्रहरी टोलीमाथि ढुङ्गामुढा तथा लाठी प्रहार गर्दा एक प्रहरी हबल्दार घाईते भएका छन्।रामनगर गाउँपालिका ५ बैजनाथ चोक स्थित नयाँ रोड मधुवनी सडक खण्डमा सवारी साधन चेकजाँचमा खटिएको ईलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक उज्वल कार्कीको नेतृत्वको प्रहरी टोलीमाथि रामनगर गाउँपालिका ५ का वडा अध्यक्ष श्रीनन्दन प्रसाद यादवको नेतृत्वमा आएका स्थानीयले ढुङ्गा मुढा तथा लाठी प्रहार गर्दा अस्थाई ट्राफिक प्रहरी चेक पोष्ट गडहियाका प्रमुख एवम प्रहरी हबल्दार सलिन्द्र राय घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार रामनगर गाउँपालिका ५ बैजनाथ चोक स्थित नयाँ रोड मधुवनी सडक खण्डमा ट्राफिक प्रहरी सहितको प्रहरी टोलीले सवारी साधनहरु तथा मादक पदार्थ सेवन चेकजाँच गर्ने क्रममा केही स्थानीयसंग विवाद भएपछि वडा अध्यक्ष यादवको नेतृत्वमा आएका स्थानीयबासीले प्रहरी टोलीमाथि ढुङ्गा मुढा तथा लाठी प्रहार गरी प्रहरी हबल्दार यादवलाई घाईते बनाएपछि भिड तितर वितर गर्न पाँच राउण्ड हवाई फाएर समेत गरिएको छ ।
अस्थाई ट्राफिक प्रहरी चेक पोष्ट गडहियाका प्रमुख एवम प्रहरी हबल्दार रायको टाउमा चोट लागेको र उपचारको लागी सिटिजन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।स्थानीयको आक्रमणबाट प्रहरी चौकी सिसौटको सरकारी नम्बर प्लेटको मोटरसाईकलमा समेत क्षेती पुगेको बुझिएको छ ।सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले सरकारी मोटरसाईकल हो भनि स्वीकार गरेपनि क्षेती नभएको बताएको छ ।