Close This

बरथवामा ५० जनाद्धारा रक्तदान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१४ गते   ३८० पटक हेरिएको

नेपाल रेडक्रस सोसाइटी बरहथवा उप(शाखाको आयोजनामा विश्वव्यापी कोरोना भाईरस (कोभिड १९) को महामारीमा रगतको अभाव सृजना हुन नदिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल नाराका साथ उधोग वाणिज्य संघ बरहथवाको प्रांगणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा बरहथवा नगरपालिकामा ५० जना स्थानियले रक्तदान गरेका नगरपालिकाले जनाएको छ ।

अहिले विश्वभरी कोरोना भाईरसका महामारीका कारण सरकारले विगत एक महिनादेखि लकडाउन गरेको छ। लक डाउन तथा अस्पतालमा कोरोना भाईरसको सक्रमण भएको बिरामीको चापका कारण आपतकालिन विरामीको जिवन रक्षाका लागि अति आवश्यक रगतको पुरै देशभरी नै चरम अभाव सृजना हुदै गएको अवस्था छ।

रगतको अभावमा विरामीको ज्यान जान सक्ने जोखिमको ध्यानमा राख्दै आफुहरुले रक्त दान कार्यक्रमको आयोजना गरेको नेपाल रेडक्रस सोसाइटी बरहथवा उपशाखाकाको सभापति सोभालाल साहले बताउनुभयो।

रक्तदान एउटा जिवन दान कार्यक्रम हो। यस कार्यक्रममा सहभागी भई रक्तदान गरेका सबै नागरिकलाई भित्री आत्माले धन्यवाद समेत दिन चाहेको साहले बताउनुभयो।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech