Close This

भारतीयद्धारा बिओपीमा आक्रमणको प्रयास,सशस्त्र प्रहरीद्धारा १ राउण्ड हवाई फायर

रासस    प्रकाशित: २०७७-२-१८ गते   २८२ पटक हेरिएको

 छिमेकी देश भारत र जिल्लाको विष्णु गाउँपालिका स्थित रहेको सिमावर्ती क्षेत्र पकडीमा भारतीय नागरिकहरुले  आक्रमणको प्रयास गरेका छन । आईतबार विष्णु गाउँपालिका ५ फेनरा बजार स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टमा उनिहरुले आक्रमणको प्रयास गर्दा सशस्त्र प्रहरीले गोली चलाएको छ ।
सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टमा आक्रमण गरी हतियार समेत खोस्ने प्रयास भएपछि तत्काल हवाईफायर गरेको सशस्त्र प्रहरीका एक प्रहरी अधिकृतले बताएका छन । जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थमा खटिएको सशस्त्र प्रहरीको टोलीले १ राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिनु भयो ।
भारतबाट अवैध सामान लिएर नेपालतर्फ आउँन खोज्दा सशस्त्र प्रहरीले रोकेपछि उनीहरुले आफुहरुमाथी दुव्र्यवहार भएको भन्दै  गाउँलेलाई बोलाएर आएपछि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टमा आक्रमणमा उत्रिएका थिए ।

४०÷५० जनाको समुहमा आएका उनिहरुले बिओपीमा  आक्रमणको प्रयास सहित हतियार नै खोस्न खोजेपछि तत्काल फायर गर्न बाध्य भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।आईतबार बिहान घटना भएको र अहिले त्यस क्षेत्रको अवस्था शान्तिपुर्ण रहेको सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech