नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा नेकपा९माओवादी केन्द्र०सर्लाहीले शुभकामना आदन प्रदान कार्यक्रम गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ७७ वर्षका साथै माक्र्सवादी विचारक भ्लादिमिर इलिच लेनिनको सतवार्षिकीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयमा अन्र्तक्रिया कार्यक्रम हुने छ भने ७७ वटै जिल्लामा शुभकामना आदान प्रदान कार्यक्रम गरिने भएको हो ।
सामाजिक न्याय,समानता र समृद्धिको पक्षमा गरिएको संघर्षलाई स्मरण गर्दै वर्तमान परिस्थितिमा अझ सशक्त रूपमा अघि बढ्न लेनिनको मार्ग पहिल्याउनुको विकल्प नरहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य लुमणी धिमाल९लोचन०ले बताए।उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना जनताको अधिकार,राष्ट्रिय स्वतन्त्रता र समाजवादको बाटोमा अग्रसर हुने ऐतिहासिक यात्रा रहेकाले विश्वका कम्युनिष्टहरुले लेनिनलाई कहिलै विर्सन नहुने समेत बताए ।
लेनिनको विचार,दृष्टिकोण र योगदान आज पनि विश्वभरिका उत्पीडित वर्गका लागि प्रेरणाको श्रोत बनेको माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले बताए ।उनले लेनिनले माक्र्सवादलाई अझ राम्रोसँग विकास गरेका र उनको नेतृत्वमा रुसमा अक्टोवर क्रान्ति सम्पन्न भएको समेत स्मरण गराए ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवश तथा लेनिनको सतवार्षिकी वर्गहीन समाज निर्माण गर्ने लक्ष्यमा पुनःदृढ संकल्प लिने,संगठनलाई बलियो बनाउने र जनताको पक्षमा संघर्षलाई अझ तीव्र पार्ने अठोट गर्ने दिन रहेको माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा मंगलबार दिउँसो १२ बजेदेखि नेपाल कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवश तथा लेनिनको सतवार्षिकी कार्यक्रम रहेको माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको इतिहास
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को इतिहास नेपालमा वामपन्थी आन्दोलनको लामो संघर्ष र परिवर्तनको कथा हो। नेपालको कम्युनिष्ट आन्दोलन सन् १९४९ मा सुरु भएको मानिन्छ, जब पुष्पलाल श्रेष्ठले कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे। त्यसयता, पार्टी विभिन्न चरणमा विभाजन, संघर्ष, भूमिगत राजनीति र संसदीय प्रक्रियाबाट गुज्रिँदै आएको छ।
१। स्थापना र प्रारम्भिक चरण ९१९४९–१९६००
नेपाल कम्युनिष्ट पार्टी १९४९ अप्रिल २२ मा स्थापना भयो। पार्टीको स्थापना उद्देश्य वर्गीय संघर्षमार्फत समाजवाद र साम्यवाद स्थापना गर्नु थियो। सुरुमा पार्टीले राणा शासनविरुद्ध जनतालाई संगठित गर्ने प्रयास ग¥यो। १९५१ मा राणा शासनको अन्त्यपछि पार्टी खुला रूपमा क्रियाशील भयो। तर, १९६० मा राजा महेन्द्रले प्रजातन्त्र निलम्बन गरेर पञ्चायत व्यवस्था ल्याएपछि पार्टी पुनः भूमिगत हुन बाध्य भयो।
२। विभाजन र विचारधारात्मक संघर्ष ९१९६०–१९९००
यो चरणमा पार्टी थुप्रै गुटमा विभाजित भयो। माओवादी, मसाल, माले, माक्र्सवादी–लेनिनवादी, संयुक्त जनमोर्चा जस्ता गुटहरू सक्रिय भए। यी सबैले कम्युनिष्ट विचारधारालाई आ–आफ्नो ढंगले व्याख्या गर्दै पृथक संघर्ष गरे।
सन् १९९० को जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनःस्थापित भयो। त्यसपछि विभाजित कम्युनिष्ट घटकहरू क्रमशः पुनः एकजुट हुँदै गए। नेकपा एमाले ९एकीकृत माक्र्सवादी–लेनिनवादी० शक्तिशाली दलका रूपमा उदायो। यसैबीच नेकपा ९माओवादी० ले सन् १९९६ देखि १० वर्षे सशस्त्र युद्ध सुरु ग¥यो। ३। माओवादी जनयुद्ध र गणतन्त्रको स्थापना ९१९९६–२००६०
माओवादी पार्टीले वर्गीय, जातीय, लैंगिक समानता र गणतन्त्रको पक्षमा विद्रोह ग¥यो। १० वर्षे युद्धले देशमा ठूलो राजनीतिक परिवर्तन ल्यायो। अन्ततः २००६ को जनआन्दोलन ९जनआन्दोलन २० पछि माओवादी शान्ति प्रक्रियामा आयो। २००८ मा नेपाल गणतन्त्र घोषणा भयो र राजतन्त्र अन्त्य भयो।
४। पार्टी एकता र विभाजन ९२०१८–हालसम्म०
सन् २०१८ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गठन भयो। पार्टीले २०१७ को निर्वाचनमा बहुमत ल्याउँदै सरकार बनायो। तर, २०२१ मा आन्तरिक संघर्ष र सर्वोच्च अदालतको फैसलापछि एकता भंग भयो। त्यसपछि एमाले र माओवादी केन्द्र अलग भए।
भ्लादिमिर इल्यिच लेनिनको जीवन
भ्लादिमिर इलिच लेनिन ९१८७०–१९२४० माक्र्सवादी विचारक, रूसी क्रान्तिका अगुवा र सोभियत संघ ९ग्क्क्च्० का संस्थापक नेता थिए। उनको जन्म सन् १८७० अप्रिल २२ मा रुसको सिम्बिस्र्क ९हालको उल्यानोभस्क० मा एक मध्यमवर्गीय परिवारमा भएको थियो। उनका बुबा शिक्षाविद् थिए भने आमाले पनि पढेलेखेकी महिला थिइन्। लेनिनको जीवनमा राजनीतिक क्रान्तिप्रतिको झुकाव त्यसबेला सुरु भयो जब उनका जेठा दाजु अलेक्जेन्डरलाई त्सार शासकको हत्या योजनामा संलग्न भएको अभियोगमा मृत्युदण्ड दिइयो।
लेनिन युवावस्थामै माक्र्सवादी विचारधाराबाट प्रभावित भए। उनले कानुन विषयमा शिक्षा लिए र सन् १८९५ मा “युनियन अफ स्ट्रगल फर द लिबरेसन अफ द वर्किङ क्लास“ नामक संगठन स्थापना गरे। उनको क्रान्तिकारी गतिविधिका कारण उनलाई बारम्बार जेल र निर्वासन भोग्नुप¥यो।लेनिनले सन् १९०३ मा रूसी समाजवादी प्रजातान्त्रिक श्रमिक पार्टी (USSR)भित्र बोल्शेभिक गुटको नेतृत्व गरे। उनी कार्ल माक्र्सका सिद्धान्तमा आधारित भएर साम्यवाद र वर्ग संघर्षको अवधारणा अगाडि बढाउन दृढ थिए।
सन् १९१७ को फेब्रुअरी क्रान्तिपछि रूसमा त्सार साशन ढल्यो र अस्थायी सरकार स्थापना भयो। सोही वर्षको अक्टोबरमा लेनिनको नेतृत्वमा बोल्शेभिकहरूले सत्ता कब्जा गरे, जसलाई अक्टोबर क्रान्ति भनिन्छ। यसपछि उनले सोभियत समाजवादी गणतन्त्रहरूको संघ (RSDLP)स्थापना गरे। उनले “श्रमिक र किसानहरूको सरकार“ को अवधारणा ल्याए र निजी सम्पत्तिको खारेजी, बैंकहरूको राष्ट्रियकरण, भूमिको पुनःवितरणजस्ता नीति लागू गरे।
उनको राजनीतिक दर्शन, जसलाई लेनिनवाद भनिन्छ, माक्र्सवादको व्यावहारिक कार्यान्वयनको प्रयास थियो। उनले (The State and Revolution,What Is to Be Done)लगायतका कृतिहरू लेखे जसले विश्वभरका कम्युनिस्ट आन्दोलनहरूलाई प्रेरणा दियो।
सन् १९२२ मा स्वास्थ्य कमजोर भएपछि उनी सक्रिय राजनीतिबाट अलग भए र सन् १९२४ जनवरी २१ मा उनको मृत्यु भयो। उनको मृत्युपछि जोसेफ स्टालिनले पार्टीको नेतृत्व सम्हाले।लेनिनको जीवन क्रान्ति, सिद्धान्त र नेतृत्वको प्रतीक मानिन्छ। उनी आज पनि विश्वभरका वामपन्थी विचारधाराका लागि प्रेरणाको स्रोत मानिन्छन्।