Close This

काठमाडौंमा रहेका सिन्धुलीबासीहरुको उद्धार

पत्र पत्रिका    प्रकाशित: २०७७-१-९ गते   ३३२ पटक हेरिएको

काठमाडौंमा विभिन्न पेसा व्यवसाय गरेर बसेका सिन्धुलीका नागरिकहरुलाई मंगलवार उ’द्धार गरिएको छ । लकडाउनका कारण राजधानी काठमाडौ, बनेपा, भक्तपुरमा अ’लपत्र परेका सिन्धुलीका नागरिकलाइ उ’द्धार गरिएको हो ।

भक्तपुरको जगातीसम्म उ’द्धारका लागि बस लगिएको थियो । यात्रुहरुलाइ बनेपा ल्याएर गाउँपालिकाअनुसार यात्रु विभाजन गरी पठाइएको छ । सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहालसहित नेकपाका नेता तथा कार्यकर्ता उ’द्धार अभियानमा खटिनु भएको थियो ।
सुनकोशी गाउँपालिकाको पहल तथा नेकपा सिन्धुली काठमाडौ सम्पर्क मञ्चका पदाधिकारीहरुको समन्वयमा उ’द्धार कार्य भएको जनाइएको छ । सुनकोशी गाउँपालिकाबाट अध्यक्ष दाहालको नेतृत्वमा बससहित आएको उ’द्धार टोलीले मंगलबार मात्रै एक हजारभन्दा बढी यात्रु लगेको जनाइएको छ ।

अध्यक्ष दाहालका अनुसार गाउँपालिकाको समन्वयमा पैदलयात्रुलाइ नेपालथोकबाट गाउँपालिकाको सीमा क्षेत्रसम्म उ’द्धार गरिदै आएको थियो । ल’कडाउन थपिदै जाँदा घर जाने यात्रुको संख्यासमेत बढ्दै गएपछि बनेपाबाट उ’द्धार थालिएको थियो । काठमाडौँमै गएर उ’द्धार गर्ने योजना भए पनि बस लैजाने अनुमति नपाएकाले भक्तपुरसम्म पुगिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech