श्रम तथा यातायात मन्त्री बनीन सर्लाहीकी प्रदेश सभा सदस्य लुंगेली

142 Shares

मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले विहिबार(आज)पदभार ग्रहण गरेकी छिन् ।विहिबार(आज)जनकपुर स्थित प्रदेश मन्त्रालयमा कार्यभार सम्हालेकी हुन ।सर्लाही क्षेत्र नम्बर १ को प्रदेश सभा ख बाट नेकपा(एकिकृत समाजवादी)को तर्फबाट उम्मेदवार बनी निर्वाचित भएकी प्रदेश सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएकी लुंगेलीले श्रम तथा यातायात मन्त्रालय सम्हाले लगतै सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नका लागि मातहतका कार्यालयहरुमा टोकन प्रणाली लागू गर्ने,कार्यालयहरुमा सेवाग्राहीलाई बस्ने प्रतिक्षालय निर्माण गर्ने,शुद्ध खानेपानीको व्यवस्था मिलाउने,सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरण सेवा सुचारु नभएका कार्यालयबाट अविलम्ब सेवा सूरु गर्ने व्यवस्था मिलाउने लगायतका निर्णय समेत गरेकी छिन् ।
राज्यका निकायहरुबाट सवारी चालक अनुमति पत्र(लाइसेन्स) वितरण लगायत यातायात क्षेत्रका सेवाप्रति सेवाग्राहीहरुबाट बढिरहेको गुनासो कम गर्दै नागरिकमैत्री सेवा प्रदान गर्नेतर्फ लाग्न सम्बन्धित कर्मचारीहरुलाई मन्त्री लुंगेलीले निर्देशन दिएकी मन्त्रालयका सचिव सुरेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।नव नियुक्त मन्त्री लुंगेलीलाई मन्त्रालयले गर्नुपर्ने महत्वपूर्ण कार्यहरु, जनशक्तिको अवस्था,मातहतका निकायहरुको बारेमा सचिव पौडेलले जानकारी गराएका थिए । मधेश प्रदेशका आठै जिल्लामा आयायात व्यावस्था सेवा कार्यालयहरु स्थापना भई सकेका छन् ।

सम्बन्धित समाचार