अवैध रूपमा लुकाई छिपाई राखिएको सालका गोलिया बरामद्

250 Shares

तस्करहरुले तस्करीका लागि तयार पारि वन क्षेत्रमा लुकाई छिपाई राखिएको सालका गोलिया पर्साको सव डिभिजन वन कार्यालय सबैयाको टोलीले नियन्त्रणमा लिएको छ।डिभिजन वन अधिकृत मन्जुर अहमद् डिभिजन वन कार्यालय पर्सामा सरुवा भई गएदेखि वन गस्तीलाई तिब्रता दिनुका साथै वनजन्य पदार्थको चोरी तस्करी गर्ने मानिसहरु सहित वनजन्य पदार्थ धमाधम नियन्त्रणमा लिन थालेको हो ।
डिभिजन वन कार्यालय पर्सा र मातहतको वनकर्मीहरुको टोलीले दैनिक रुपमा तस्करी हुँन लागेको तथा तस्करी हुँदै गरेको वनजन्य पदार्थ नियन्त्रणमा लिई रहेको बेला वीरगन्ज महा नगरपालिका ३२ भेडाहा खोला छेउमा वनमा स्याउँलाले छोपी लुकाई छिपाई राखिएको अवस्थामा १९ दशमलव आठ क्युविफिट सालको गोलिया नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय पर्साका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।उनका अनुसार अवैध काठ कटानी तथा तस्करी नियन्त्रणका लागि वन क्षेत्रको निगरानी अझ कडा बनाइएको साथै बरामद् भएको काठको आवश्यक अनुसन्धान सुरु भएको छ ।

सम्बन्धित समाचार