जिल्ला स्तरिय शहिद कप क्रिकेट टुर्नामेन्ट क्रिकेट प्रतियोगिताको उपाधि मलंगवालाई

102 Shares

सर्लाहीको मलंगवामा सम्पन्न जिल्ला स्तरिय शहिद कप क्रिकेट टुर्नामेन्ट क्रिकेट प्रतियोगिताको उपाधि मलंगवा नगरपालिकाले जितेको छ।शनिवार सम्पन्न प्रतियोगिता अन्तरगतको फाईनल खेलमा गोडैता नगरपालिकालाई पाँच रनले पराजित गर्दै मलंगवा नगरपालिका विजयी भएको हो ।
 शहिद कप क्रिकेट टुर्नामेन्ट समितिको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता मलंगवा नगरपालिकाले उपाधि सहित नगद रु एक लाख पुरस्कार हात पारेको छ भने,उपविजेता बनेको गोडैता नगरपालिकाले रु ५० हजार नगद तथा शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक शहिद कप क्रिकेट टुर्नामेन्ट समितिले जनाएको छ ।
टस जितेर व्याटिङ गरेको मलंगवा नगरपालिकाले २० ओभर खेल्दै एक सय ३० रन बनाएको थियो ।एक सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गोडैता नगरपालिकाले २० ओभर खेल्दै एक सय २५ रनमात्र जोड्न सफल भयो।उत्कृष्ठ प्रदर्शन गर्न नसकेको गोडैताले उप विजेताको उपाधिमा चित्त बुझाएको छ । पुस ३० गतेबाट सुरु भएको प्रतियोगितामा सर्लाहीका १४ वटा पालिका स्तरिय टिमले सहभागिता जनाएका प्रतियोगिताको आयोजकले जनाएको छ ।
अन्तिम प्रतियोगिताको म्यान अफ दि म्याच मलंगवाका अलि हसनले प्राप्त गरे ।यता प्रतियोगिताको विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट व्याट्स म्यानको उपाधी बरबरियाका रामपृत महतोले पाएका छन् भने,बेष्ट बलरको उपाधि बलराका नवल किसोर राम,बेष्ट फिल्डरको उपाधि बिष्णु गाउँपालिकाका शाहरुख खान तथा उदियमान खेलाडीको उपाधि मलंगवाका अली हसनले प्राप्त गरेका आयोजकले जनाएको छ ।
“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने नारा सहित सुरु भएको प्रतियोगिता मलंगवा नगरपालिका १०,स्थित तिनविगे खेल मैदानमा सम्पन्न भएको हो ।आयोजक समितिका संयोजक गणेश कुमार यादवको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमको मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र राय यादवले प्रमुख अतिथ्यता जनाएका थिए ।

सम्बन्धित समाचार