रंगशाला निर्माणको बाहनामा रुख काटियो,जनप्रतिनिधिको समेत संग्लग्नता

156 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित रहेको राधाकृष्ण सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रबाट काँचा सिसौका रुखहरु तस्करी भएको छ ।लालबन्दी नगरपालिका ६ स्थित रहेको राधा कृष्ण खेल मैदानको नजिकै राधाकृष्ण सामुदायिक वन उपभोक्ता समुहको वनक्षेत्रबाट चारवटा हरिया सिसौका रुख काटेर चोरी भएको हो ।

b2.jpg
पुर्व पश्चिम लोकमार्ग,ईलाका प्रहरी कार्यालय लालबन्दी,सव डिभिजन वन कार्यालय लालबन्दी राधा कृष्ण सामुदायिक वन उपभोक्ता समुहको कार्यालय नजिकै हरिया सिसौका रुखहरु काटी चोरी तस्करी हुँदा पनि सरोकवाला निकाय मौन देखिएकाले उनिहरुको मिलेमतोमा रुख काटिएको स्थानीय टिरा सुस्लिङको आरोप छ । करिब एक साता पहिला नै यी रुखहरु काटिएका थाहा पाएको र सव डिभिजन वन कार्यालय लालबन्दीलाई पटक पटक जानकारी गराउँदा पनि वेवास्था गर्नुले उनीहरुको मिलेमतो विना सो काम सम्भव नभएको उनको आरोप छ ।

b3.jpg
कमलामाई मिडिया प्रा.लिलाई सुचना प्राप्त हुनुसाथ पुगेको हाम्रो टोलीलाई देखेपछि घटनास्थलमा रहेका राधाकृष्ण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिम बहादुर आले घटनास्थलबाट भागे भने सव डिभिजन वन कार्यालय लालबन्दीको टोलीले काटिएका रुखहरुको ठुटाहरुमा मुद्दा नम्बर लेखेर घटनास्थलको मुचुल्का उठाएको छ ।

b4.jpg
त्यस्तै,आफुहरुलाई २/३ दिन पहिला रुख काटिएको थाहा भएको भएपनि खुल्ला ठाउँमा कसले रुख काट्यो होलार भनेर वेवास्था गरेको राधाकृष्ण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष आलेले बताए।यो गैर जिम्मेवारपुर्ण जवाफबाट सामुदायिक वन समुहको पनि मिलेमतो मा रुखहरु काटी तस्करी भएको स्थानीयको आरोप छ ।

r5.jpg
यता,चोरी तस्करी भएका रुखहरुको ठुटामा सव डिभिजन वन कार्यालय लालबन्दीले मुछा नम्बर लेखि घटनास्थलको मुचुल्का उठाइ सकेको र अनुसनधान अघि बढाएको सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख एवम सहायक वन अधिकृत सुभाष साहले बताए ।साथै राधा कृष्ण खेल मैदानलाई रंगशाला निर्माण गर्न भन्दै केही रुखहरु हटाएको एक जनप्रतिनिधिले बताए ।उनले रंगशाला निर्माण गर्न चारवटा रुख काटेको र अरु चारवटा रुख काट्नु पर्ने समेत बताए ।डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमदले काम गर्न नदिएका कारण रंगशाला निर्माण गर्न आफुअखुसी रुख काटेको र रंगशाला बनाउन अरु चारवटा रुख काट्नु पर्ने ती जनप्रतिनिधिले बताए ।
उनले सव डिभिजन वन कार्यालय लालबन्दीसंग सो विषयमा कुरा राख्दा डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत अहमदलाई सोध्न र त्यहाँबाट अनुमति भए आफुहरु सोही अनुसार गर्ने बताए पछि कसैलाई नसोधि आफुखुसी केटाहरुलाई लगाएर रुख काटीएको समेत बताए ।उनले कमलामाई मिडिया प्रा.लिलाई विकास निर्माणका काममा भाँजो नहाल्न भन्दै रुख काटिएको विषयमा समाचार प्रकाशन नगर्न पनि आग्रह गरे ।काटीएका सिसौका चारवटा रुख कहाँछन् भन्ने विषयमा उनलाई प्रश्न गर्दा ती जनप्रतिनिधिले रुख काटेर आगो लगाएको बताए तर रुख लालबन्दी क्षेत्रका कुनै सःमिलहरुमा हुन सक्ने आशंका गरिएको छ ।

सम्बन्धित समाचार