हातहतियार खरखजाना मुद्दामा सजाय पाएर फरार रहेका एक प्रतिवादीलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ।सिन्धुलीको तीनपाटन गाउँपालिका ११ चकमके निवासी अन्दाजी वर्ष ३८ का राजु धमला भन्ने तेजनाथ गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।कार्यालयका अनुसार प्रहरी चौकी चकमकेबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा फरार प्रतिवादी गिरीलाई पक्राउ गरेको हो।
गिरी विरुद्ध लगत नं. २०६८ तथा मुद्दा नं. ०७९–सि१–००२० अन्तर्गत हातहतियार खरखजाना मुद्दामा पाँच महिना पाँच दिन कैद सजाय तोकिएको थियो।लामो समयदेखि फरार रहेका गिरीलाई प्रहरीले फेला पारी नियन्त्रणमा लिएर सिन्धुली जिल्ला अदालतमा पेश गरि अदालतको आदेशपछि गिरीलाई जिल्ला कारागार सिन्धुली पठाइएको प्रहरीले जनाएको छ।