सर्लाहीको लालबन्दी नगरपालिका–१७ स्थित कालिन्जोर माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरिएको छ । प्रदेश नं २ प्रदेश सरकार मुख्यमन्त्री कार्यालयबाट ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियानअन्तर्गत शुरु गरिएको अभियान अन्र्तगत प्रदेशका सामुदायिक विद्यालयहरुमा साइकल वितरण गरिएको हो । सोही अभियान अनुसार छात्राहरुलाई साइकल वितरण गरिएको हो।
कालिञ्जोर माविमा नियमित अध्ययन गरिरहेका छात्राहरूलाई पनि इएमआइ रेकर्डअनुसार साइकल वितरण गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बरबहादुर कार्कीको अध्यक्षतामा ३१ जना छात्राहरूलाई साइकल वितरण गरिएको विद्यालयले जनाएको छ ।
लालबन्दी नगरपालिका १७ का वडाध्यक्ष नवराज अधिकारी, प्रधानाध्यापक दुर्गानन्द झा, हेमबहादुर कार्की बिद्यालय व्यबस्थापन समिती सदस्य चरण महतो र जनप्रतिनिधि रामबहादुर बम्जन, पम्फादेवी मोक्तान लगायतको उपस्थितीमा साइकल वितरण गरिएको विद्यालयले जनाएको छ ।