Close This

सशस्त्र प्रहरी हरिवनद्वारा १२ लाख १० हजारको भन्सार छलीको सामान सहित ट्रक नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-७ गते   १४९८ पटक हेरिएको

सर्लाहीको हरिवनबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा चिसोपेय पदार्थ बरामद् गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस हरिवनले हरिवन नगरपालिका १० स्थित नयाँ रोड चोकबाट शुक्रबार भारतीय ब्रान्डको १ सय ४८ कार्टुन १हजार ३ सय ३२ बोतल ड्यू (चिसो पिय पदार्थ) बरामद् गरेको हो ।
सशस्त्र प्रहरीले भन्सार छलेर भित्याईएको ड्यू (चिसो पिय पदार्थ) लोड भएको ना ५ ख ६४७२ नम्वरको ट्रक समेत नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीले जनाएको छ । बरामद् गरिएको  सामान सहित ट्रक अन्दाजी मुल्य रु १२ लाख १० हजार ४ सय ५६ बराबरको रहेको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनिँयाले जानकारी दिए ।
बरामद् गरिएको सामान र ट्रक आवश्यक कार्बाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाही पठाइएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस हरिवनका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी नायव उपरिक्षक सुशील श्रेष्ठले जानकारी दिए । सो सामान कसरी रकुन नाकाबाट प्रवेश गरि पुर्व पश्चीम लोकमार्ग सम्म आइपुग्यो भन्ने विषयमा अनुसन्धान सुरु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech