सर्लाहीको मलंगवा स्थित रहेको प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकहरु सरकारी तलब तथा सेवा सुविधा खाएर आफ्ना नीजि क्लिनिकहरुमा बिरामी पठाएर बिरामीबाट चर्काे शुल्क असुल्न व्यस्त रहेका पाइएको छ।प्रादेशिक अस्पताल मलंगवाका डा.शिवराज साह र डा.रोशन साहले प्रादेशिक अस्पतालमा उपचार गराउन आउने बिरामीहरुलाई आफैले संचालन गरेका नीजि क्लिनिकमा पठाउने र बिरामीबाट चर्काे शुल्क असुल्ने गरेका पाइएको हो ।
प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणहरु पनि नरहेको र नीजि स्वास्थ्य संस्थामा उपचार गराउँदा चाडो पनि हुने भन्दै आफुले सञ्चालन गरेका नीजि क्लिनिकहरुमा बिरामीहरुलाई पठाउने र बिरामीहरुबाट चर्काे रकम असुल्ने गरेका बरहथवाबाट मलंगवा स्थित प्रादेशिक अस्पतालमा छोराको उपचार गराउन आएका पुरुषोत्तम यादवले गुनासो गरे ।छोराको सबै चेकजाँच प्रादेशिक अस्पताल मलंगवामै गराए पश्चात डाक्टरले अपरेशन गर्नुपर्छ भनेर अस्पताल बाहिरको आफ्नै नीजि क्लिनिकमा पठाएका उनले बताए।
प्रादेशकि अस्पतालमा सामान्य सल्यक्रियाको रु दुई हजार शुल्क लाग्ने गरेको भएपनि नीजि क्लिनिकले सामान्य सल्याक्रियाको रु १५ देखि २० हजार सम्म लिने गरेका मलंगवाका स्थानीयले गुनासो गरे।“प्रादेशिक अस्पतालमा स्वास्थ्य उपकरण नभए सम्बन्धीत माथिल्लो निकायमा माग गर्नुको सट्टा प्रादेशिक अस्पताल मलंगवाका चिकित्सक साहद्धय आफ्ना नीजि क्लिनिकमा बिरामी पठाएर चर्काै रकम असुल्छन् ।”उनले भने,
डाक्टर साहद्वय आलोपालो गरि समय मिलाएर आफ्नो नीजि क्लिनिकमा जाने रे बिरामीहरुको चेकजाँच तथा उपचार गर्ने गरेका स्थानीयको भनाई छ।प्रादेशिक अस्पताल मलंगवाको परिसर बाहिर आफ्नो नीजि क्लिनिक सञ्चालन गरेका ती चिकित्सकहरुलाई बिरामीहरुको परिवारको आर्थिक अवस्था कस्तो छ ? नीजि क्लिनिकमा उपचार गराउँदा उनीहरुले शुल्क तिर्न सक्छन् की सक्दैनन् ?भन्ने सवालमा कुनै सोच विचार नै छैन् ।उनले भने,
प्रादेशिक अस्पताल मलंगवामा आउने बिरामीहरुलाई आफ्नो नीजि क्लिनिकमा पठाएर बिरामीहरु र बिरामीहरुका आफ्न्तलाई डा.साहद्धयले आर्थिक चाप थोपरि रहेका बिरामीहरुले गुनासो गरे।प्रादेशिक अस्पताल मलंगवामा आएका बिरामीहरुको सल्यक्रियामा लाग्ने औषधी समेत आफ्नो क्लिनिकबाट डा.साहद्धयले ल्याएर रकम लिने समेत गरेका पाइएको छ ।डाक्टर साहद्वय दुवैजना करार सेवामा कार्यरत डाक्टरहरु हुन्।
यसका साथै प्रादेशिक अस्पताल मलंगवा परिसर बाहिर सञ्चालित नीजि स्वास्थ्य संस्थाहरुले गैर कानुनी रुपमा भ्रुण हत्या(गर्भ पत्तन) गराउने साथै नेपालमा प्रतिवन्ध रहेका भारतिय औषधीहरु खुलेआम रुपमा बिक्रि वितरण गरि रहेका भएपनि सरोकारवाला निकायहरु कानमा तेल हालेर बसेका स्थानीयको आरोप छ ।
ती चिकित्सकहरु र सो विषयमा बुझ्न प्रादेशिक अस्पताल मलंगवाका प्रमुख एवम जनस्वास्थ्य कार्यालय मलंगवा सर्लाहीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.नवल किशोर झासँग सम्पर्क गर्दा उनी आफु व्यस्त रहेकाले पछि कुरा गर्न भन्दै पञ्छिने गरेका छन् ।यसबाट प्रादेशिक अस्पताल मलंगवाका प्रमुख एवम जनस्वास्थ्य कार्यालय मलंगवा सर्लाहीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.झालाई समेत ती नीजि स्वास्थ्य संस्थाहरुबाट राम्रो कमिसन आउने सहजै आंकलन गर्न सकिन्छ ।जिल्लाका सरोकारवालाहरुले केही दिन पहिला जिल्लाका केही नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन गरेका भएपनि अहिले सो काम रोकिएको छ ।