विद्याकी देवी सरस्वतीको पूजाका लागि प्रयोग गरिने मूर्तिहरु बनाउन सर्लाहीका कालीगढहरु व्यस्त देखिएका छन्।लामो समयसम्म शितलहर चलेपछि चिन्तित देखिएका सर्लाहीका कालिगढहरु घाम लाग्न थालेपछि सर्लाहीका मूर्तिकारहरूको अनुहारमा रौनक छाएको छ। माघ ९ गते मनाइने श्रीपञ्चमी अर्थात सरस्वती पूजा नजिकिँदै जाँदा जिल्लाभरि सरस्वतीको मूर्ति बनाउने कामले तीव्रता पाएको छ।मौसमले साथ दिएसँगै मूर्तिकारहरू बिहानदेखि साँझसम्म काममा व्यस्त देखिन्छन्।सर्लाहीका सामुदायिक तथा निजी(संस्थागत)विद्यालय,कोचिङ र ट्युशन सेन्ट लगायत गाउँ(गाउँ तथा चोक चोकमा पनि मनाईने सरस्वती पूजाका लागि सरस्वतीको मूर्तिहरु बनाउनेमा सर्लाहीका कालीगढहरु व्यस्त देखिएका हुन ।
पुस्तौंदेखि यही पेशामा आबद्ध रहेर परिवार पालि रहेका कालीगढहरु प्रया अरु समयमा पनि विभिन्न किसिमका मूर्तिहरु बनाउन व्यस्त हुने मलंगवा नगरपालिका ४ का मूर्तिकार राम ईश्वर पण्डितले बताए ।उनका अनुसार घाम नलाग्दा मूर्ति नसुक्ने चिन्ता थियो तर घाम देखिन थालेपछि ढुक्क भएको र घाम उदाएपछि मात्रै मूर्ति राम्रोसँग सुक्छ,अनि मात्रै रंगरोगन गर्न मिल्छ।मूर्ति निर्माण सजिलो प्रक्रिया नभई माटोको जोहो,खर(पराल र भुसको तयारी,जुट र रङको व्यवस्थापन देखि घामपानी र वातावरण अनुसार ढाल मिलाउँदै मूर्ति बनाउनु सजिलो नरहेको मूर्तिहरुहरु बताउँछन् ।मूर्ति तयार गर्ने संख्या र आकार अनुसार आम्दानी पनि फरक(फरक हुने र वार्षिक रुपमा राम्रो आम्दानी गर्नै गरिएको उनीहरुको भनाई छ।उनीहरुका अनुसार सरस्वती का मूर्तिहरू रु दुई हजारदेखि दश हजारसम्म,केही ठूला र आकर्षक मूर्तिहरू अझ बढी मूल्यमा पनि बिक्री हुने गरेका छन्। बढ्दो मागका कारण सरस्वती पूजाको बेला मूर्तिकारहरूले दिनरात नभनी काम गर्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्।
सरस्वती पूजामात्र नभई वर्षभरि गणेश,विश्वकर्मा,कृष्ण जन्माष्टमी र दुर्गा पूजा लगायत विभिन्न चाडपर्वका लागि पनि मूर्ति निर्माण गरिन्छ ।जसका कारण सर्लाहीका कालिगढहरुको जीविको पार्जन भई रहेको छ ।केही वर्षअघिसम्म पण्डित जातिका व्यक्तिहरूले मात्र मूर्ति बनाउने परम्परा भए पनि पछिल्लो समय अन्य जातिका व्यक्तिहरू पनि यो पेशामा आकर्षित भएका छन्। मूर्ति निर्माणलाई व्यावसायिक रूपमा अंगाल्नेहरूको संख्या बढ्दै जाँदा यो कला र पेशा दुवैको संरक्षण हुने जानकारहरु बताउँछन् ।