इश्वरपुर ७ बाट करिब अढाई लाख लुटियो

461 Shares

सर्लाहीको इश्वरपुर नगरपालिका ७ बाट एक सहकारीमा काम गर्ने महिलाको साथबाट अज्ञात मानिसहरुले करिब साँढे दुई लाख रकम लुटेका छन्।नम्बर नखुलेको मोटरसाईकलमा आएका अज्ञात दुई जनाले ईश्वरपुर नगरपालिका ६ बयलबास की अन्दाजी वर्ष ३२ की रिन्टु कुमारी महतोको साथमा रहेको रु दुई लाख ४९ हजार सात सय ४० रकम रहेको झोला लिएर भागेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बचतकर्ताहरुबाट संकलन भएको रकम लिएर ईश्वपुर नगरपालिका ७ स्थित रहेको सुर्योदय वोमी लघुबित्त संस्था लि.बयलबास शाखा तर्फ बा ४७ प ४५२७ नम्बरको स्कुटरमा आउँदै गर्दा  नम्बर नखुलेको मोटरसाईकलमा आएका अज्ञात दुई जनाले स्कुटर रोकी हँतियार देखाएर महत्तोको साथमा रहेको रु दुई लाख ४९ हजार सात सय ४० रकम लिएर भागेका प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घट्नाका सम्बन्धमा आवश्यक अनुसन्धान र फरार व्यक्तिहरुको खोज तलास भई रहेको छ ।

सम्बन्धित समाचार