Close This

एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कानुनको विपक्षमा सरकार छ ः उपाअध्यक्ष पोखरेल

पत्र पत्रिका    प्रकाशित: २०७८-८-२२ गते   १६९१ पटक हेरिएको

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानुन बन्न नदिएको आरोप लगाउनु भयो । प्रमुख प्रतिपक्ष दलका नेता पूर्व उपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणका अपराधीहरुलाई कारवाही गर्नका लागि आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेश संसदबाट पारित गर्न नदिएको आरोप लगाउनु भयो ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू महिला विभागले आज(बुधबार) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एसिड आक्रमणमा परेका पीडितहरुलाई न्याय दिने काममा समेत सरकारले कानुन बन्न नदिएर अवरोध सृजना गरिरहेको बताउनु भयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले महिला हिंसा हुन नदिनका लागि विद्यार्थी संगठनहरुले सरकारलाई दवाव दिनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । उहाँले महिला हिंसा अन्त्यका लागि राजनीतिक अभियाननै संचालन गर्नुपर्ने भन्दै त्यसका लागि अनेरास्ववियूले सामाजिक जागरण अभियान संचालन गर्नुपर्ने बताउनु भयो ।
वरिष्ठ नेता पोखरेलले‘एसिड आक्रमण गर्नेहरुमाथि सजाय गर्नुपर्छ भनेर त्यो एउटा गम्भिर अपराधको रुपमा लिनुपर्छ र दण्डित गर्नुपर्छ भनेर हामीले संसद नचलेको बेला अध्यादेश ल्यायौं । अनि यो गठबन्धनकारीहरुले के ग¥यो भन्दा त्यो अध्यादेशलाई प्रस्तुत गर्न समेत दिएन । जसले गर्दा यो एसिड आक्रमणमा परेका पीडितहरुको न्याय पाउने कुरालाई कसरी अवरोध सृजना गरियो ।’ बताउनु भयो ।
मुलुकको राजनीतिक परिवर्तनलाई जोगाउन पनि सामाजिक जागरणको अभियानलाई तीव्रता दिएर समाजबादको आधार निर्माण गर्न केन्द्रित हुनुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech