हरिहरपुरगढीको विकास देख्न नसक्नेहरुले आफुमाथि षड्यन्त्र गरे : गाउँपालिका अध्यक्ष वाईवा

2.4k Shares

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले हरिहरपुरगढी गाउँपालिकामा भएको विकास निर्माणको काम देख्न नसक्नेहरुले आफुमाथि विभिन्न किसिमका षड्यन्त्रहरु सुरु गरेका बताएका छन्।स्थानीय तहको निर्वाचनमा पराजय बेहोरेको पार्टीका केही नेताहरु छटपटीमा परेर आफ्ना विरुद्ध विभिन्न किसिमका हत्कण्डा अपनाउन थालेका गाउँपालिका अध्यक्ष वाईवाले कमलामाई मिडिया प्रा.लिलाई बताए ।
उनले आफ्ना विरुद्ध आएको समाचारमा कुनै सत्यता नरहेको र केही पत्रकारहरुले विज्ञापन मागेका र नदिँदा आफ्ना विरुद्ध भ्रामक कपोकल्पीत र असत्य समाचार प्रकाशन गरेको समेत बताए।उक्त मिडियाले नेकपा(एमाले)को विज्ञप्तीलाई आधार मानेर आफ्ना विरुद्धमा अनावश्यक समाचार प्रकाशन गरेको समेत दाबी गरे।उनको विषयमा कुनै परस्त्रीसँग गाउँपालिका अध्यक्ष लागेकोले उनलाई वर्खास्त गर्नुपर्ने माग राखी एमालेले विज्ञप्ती जारी गरेको भन्दै लेखेको थियो ।
त्यसपछि सो विषयमा गाउँपालिका अध्यक्ष वाईवासंग कमलामाई मिडिया प्रा.लिले बुझ्दा उनले“उत्त समाचारमा सत्यता छैन्,स्थानीय तहको निर्वाचनमा पराजय बेहोरेको छटपटी मात्रै हो,हरिहरपुरगढी गाउँपालिकामा मेरो नेतृत्वमा रहेका जनप्रतिनिधिहरुले गरेको विकास निर्माणले आगामि स्थानीय तहको निर्वाचनमा पनि पराजय बेहोर्ने भएपछि एमाले अतालिएको”बताए ।
यता,सो मिडियाले पीडित भनेकी सर्लाहीको बागमती नगरपालिका ४ घर भई हाल माईत काठमाण्डौँमा बस्दै आएकी नाम परिवर्तन(विना) तामाङसंग कमलामाई मिडिया प्रा.लिले फोन सम्पर्क मार्फत बुझ्दा उनले“आफु घरायसी यातनाका साथै मानसिक यातना भएपछि सम्बन्ध विच्छेद गरि हाल माईत काठमाण्डौँमा आमासंग बस्दै आएको,आफ्ना विषयमा आएका समाचारमा कुनै सत्यता नरहेको,हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवासंग कुनै किसिमको सम्बन्ध समेत नरहेको,सो मिडियाले आफुखुसी आफुलाई कुनै कुरा नसोधि समाचार लेखेको भन्दै त्यसका विषयमा कानुनी बाटोमा जाने बताईन्।”उनले आफुसंग हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवालाई जोड्नु राजनितिक कारण रहेको समेत बताईन्। कमलामाई मिडिया प्रा.लिसंग पाँच मिनेट भन्दा बढी फोन मार्फत कुरा गरेकी तामाङले“हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवालाई मसंग जोडेर केही राजनितिक दलहरुले जनातालाई झुक्याउने काम गरेका समेत बताईन् ।उनले आफुलाई कुनै मानिससंग नजोड्न र आफ्नो व्यक्तिगत जीन्दगीमाथि खेलवाड भएकाले आफु कानुनी बाटोमा जाने समेत बताईकी छन्।यता,नेकपा(एमाले) हरिहरपुरगढी गाउँ कमिटिका अध्यक्ष मानवहादुर वाईवाले एक विज्ञप्ती जारी गरि गाउँपालिका अध्यक्ष बज्रध्वजलाई पदबाट वर्खास्त गर्न र कानुनी कार्बाही गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार