सर्लाहीका ६ कैदी बन्दीलाई गणतन्त्रदिवशले दियो आम माफी

2.8k Shares

 हरेका वर्ष गणतन्त्र दिवसका दिन राष्ट्रपतिबाट विभिन्न समयमा कैद भुक्तान गर्दै आएकालाई आम माफी दिने गरिएको छ । यस वर्षको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका विभिन्न ठाउँमा कैदी जीवन बिताइरहेका ४ सय ३० जनालाई आम माफी दिनु भएको छ । जसमा सर्लाहीका पनि ६ जना कैदी परेका छन्।
डाँका मुद्दामा उच्च अदालत विराटनगरको आदेशपछि २०६८ साल चैत १२ गतेदेखि १२ वर्षका लागि जेल सजाय तोकिएका सर्लाहीका अमरपति पासवानलाई राष्ट्रपति भण्डारीले कैद कट्टी गर्न आवश्यक ठहर्याएपछि कैद मिनाह गर्नु भयो । उनले ९ वर्ष २ महिना २ सय ७६ दिन अगाडि नै कैद मिनाह पाएका हुन्।
त्यसैगरी सर्लाहीकै अर्का सुवेन्द्र कुमार महतोको कैद पनि राष्ट्रपति भण्डारीले मिनाह गरिदिनु भएको छ । उच्च उदालत जनकपुरको २०७७ चैत ११ गतेको निर्णयले उनलाई चोरी मुद्दामा ३ वर्षका लागि कैद सजाय तोकेको थियो ।
त्यस्तै अजयकुमार साहलाई पनि राष्ट्रपति भण्डारीले कैद मिनाह गरिदिएनुभएको छ ।   सवारी ज्यान किर्तेमा सर्लाही जिल्ला अदालतले उनलाई २०७७ मंसिर १४ गते साढे तीन वर्ष कैद सुनाएको थियो ।भने रामप्रताप सहनी पनि कैदमुक्त भएका छन्। २०७५ असार ३२ गते उनलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा जेल चलान गरेको थियो। उनलाई १० वर्षको कैद सुनाइएको थियो।
त्यसैगरी रामविश्वास महतोलाई पनि राष्ट्रपति भण्डारीले कैदमुक्त गरिदिनु भएको छ । महतोलाई उच्च अदालत पाटनले खोटा चलनको आरोपमा १० वर्ष कैद सुनाएको थियो। उनलाई अदालतले २०७४ कार्तिक २० गते जेलचलान गरेको थियो ।
यसैगरी अर्का सन्तबहादुर बस्नेत पनि रिहा भएका छन्। २०७३ पुस ४ गते उनलाई सर्वोच्च अदालतले कर्तव्य ज्यान र जबर्जस्ती चोरी आरोपमा २० वर्षको सजाय सुनाएको थियो। उनी २०६७ माघ १८ गते जेल परेका थिए। बस्नेतले अझै १० वर्ष ३ महिना २६ दिन जेल सजाय भुक्तान गर्न बाँकी रहेको थियो।

सम्बन्धित समाचार