विगतका कमिकमजोरीहरु प्रति माफि माग्दै जनताको घरमा जानुपर्छ : एमाले केन्द्रीय सदस्य पहाडी

419 Shares

विगतका कमिकमजोरी प्रति माफी माग्दै जनताको घरदैलोमा जानुपर्ने नेकपा(एमाले)का केन्द्रीय सदस्य तथा निवर्तमान सामान्य प्रशासन मन्त्री गणेश कुमार पहाडीले बताए।सिन्धुली माडीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी र नेताहरुले जनतासँग माफी माग्नुको विकल्प नरहेको बताएका हुन् । 
संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधानमाथि भएको हमला रोक्नपनि जनताको साथ आवश्यक रहेको उनले बताए।“संविधान च्यात्ने,जलाउने र संविधान नमान्ने शक्तिहरु सक्रिय भएका छन्।त्यसविरुद्ध हाम्रो एकताबद्ध प्रयासको खाँचो छ।”एमाले केन्द्रीय सदस्य तथा निवर्तमान सामान्य प्रशासन मन्त्री पहाडीले बताए ।
उनले अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधि सभाको चुनाव घोषणा गरि सकेकाले सबै राजनितिह दलहरु चुनावको तयारीमा जुट्नुपर्ने पनि उनले बताए।केन्द्रीय सदस्य पहाडी सिन्धुली क्षेत्र नम्बर १ बामट दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत भई सकेका छन् ।

सम्बन्धित समाचार