सिन्धुलीको मरिण गाउँपालिकाले गाउँपालिका भित्र सञ्चालित सामुदायीक विद्यालयहरुले शिक्षाको गुणस्तर सुधारया योजना बनाउनुका साथै भौतिक व्यावस्थापनको काममा चासो राखेको छ ।संघीय संरचना पछि निर्वाचित भएका जनप्रतिनिधिहरुको ध्यान विकास निर्माणका कामको बाहनामा कमाउ धन्दामा लागि रहेको समयमा मरिणका जनप्रतिनिधिहरुको ध्यान विपन्न वर्गका छोराछोरी अध्यायन गर्ने सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा पनि लागेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)ले बताए ।
उनका अनुसार सामुदायिक विद्यालयहरुको भौतिक र शैक्षिक सुधारका योजना अनुसार पहिलो चरणमा गाउँपालिका भित्रका माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरु गरी करिब दुई हजार जनालाई प्रार्थना व्यवस्थापन,असल विद्यार्थी र अभिभावकत्व सम्बन्धी उत्प्रेरणा सम्बन्धी तालिम प्रदान गरिएको हो ।
मरिण गाउँपालिकाको सहयोग तथा कपिलाकोट माध्यमिक विद्यालय महेश्वता छापको आयोजनामा पीटी अभ्यास,अनुशासन र फिटनेसलाई नयाँ उचाइमा पु¥याउँन बाहिरबाट प्रशिक्षक ल्याएर शिक्षक तथा विद्यार्थीहरुको शारीरिक व्यायाम लगायत प्रार्थना व्यवस्थापनका साथै विद्यार्थी र अभिभावकलाई कसरी असल विद्यार्थी तथा अभिभावक बनाउन सकिन्छ भनेर समय समयमा तालिमहरुका साथै अनुशिक्षण कार्यक्रमहरु आयोजना गर्ने गरिएको मरिण गाउँपालिकाकी उपा अध्यक्ष विमला माझीले बताईन् ।
उनका अनुसार मरिण गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक सुधारमा केन्द्र,प्रदेश र स्थानीय सरकारको समग्र लगानी रहेको र सफल हुँदै गएको छ ।
विद्यार्थीहरुको शारीरिक,मानसिक,वैद्धिक र संवेगात्मक विकास गराउन समय समयमा उत्प्रेरणा कार्यक्रम संचालन गर्ने गरिएको मरिण गाउँपालिकाको शिक्षा शाखाका संयोजक नवराज बरालले बताए ।उनले शैक्षिकस्तर उकास्न प्रधानाध्यापक मात्र नभई रहेक शिक्षक, अभिभावक र विद्यार्थीको रोल महत्वपुर्ण हुने बताए ।