सर्लाहीको पर्सा गाउँपालिका २ मा बाटो निर्माण गर्न जग्गा नदिएको भन्दै गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले एक महिलामाथी दुव्र्यवहार सहित कुटपिट गरेका छन् । पर्सा गाउपालिका २ संग्राम्पुरकी एक महिलाले बाटो निर्माण गर्ने क्रममा जग्गा नदिएकी भन्दै पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र कुमार यादव र पर्सा गाउँपाकिला २ का वडा अध्यक्ष राकेश रामले ती महिलालाई दुव्र्यवहार गर्नूका साथै कुटपिट गरेका स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार पर्सा गाउँपालिकाका अध्यक्ष यादव र वडा नम्बर २ का वडा अध्यक्ष रामको समुहले पर्सा गाउँपालिका २ संग्राम्पुरकी अन्दाजी वर्ष ३० की दुर्गा कुमारी यादवलाई कुटपिट गरेका हुन ।गाउँपालिका अध्यक्ष यादव र वडा अध्यक्ष रामले जबरजस्ती डोजर सहित पीडित महिला यादवको जग्गामा बाटो निर्माण गर्न पुगे पछि विवाद उत्पन्न भएको थियो । जबरजस्ती आफ्नो जग्गाबाट बाटो ननिकाल्न भन्दै प्रतिकार गर्न पुगेकी यादवमाथि दुव्र्यवहार सहित कुटपिट भएको पीडित परिवारले बताएका छन् । यादवमाथी दुव्र्यवहार सहित कुटपिट हुँदा घटनास्थलमा रहेको प्रहरी समेत मौन बसेको पीडित परिवारको आरोप छ ।
ईलाका प्रहरी कार्यालय संग्रामपुरका प्रमुख सई दिनेश कुमार पण्डित र उनको साथमा आएका प्रहरी हबल्दारले कुटपिट भएको देखे पनि त्यँहा आफुलाई बचाउन नआएर उल्टै आफुमाथि नै आई लागेको पीडित महिला यादवले बताईन् ।
सिमा प्रहरी चौकी संग्रामपुरका सई पण्डीतले अपराधी सरह हतकडी लगाएर लगेपनि माथीको आदेश भन्दै केही समयमै ती महिलालाई छाडि दिएका थिए । आफ्नो नम्बरी जग्गामा एकतर्फी रुपमा मात्र बाटो पर्ने गरि जग्गा नदिएकोले गाउपालिका अध्यक्ष यादव र वडा अध्यक्ष रामले ले त जे गरे–गरे तर प्रहरीले पनि केहि बाकी राखेनन् । उनले गुनासो गरिन् ।
कुटपिटपछि उपचार गराउन मलंगवा प्रादेशिक अस्पताल पुगेकी यादवको छाती,घाटी,देब्रे खुट्टा र पेटमा चोट लागेको छ । करिब एक साताको उपचारपछि उनी सामान्य भएपनि कुटपिटबाट कानमा समेत चोट लागेकोले कान कम सुन्ने समस्या उत्पन्न भएको पीडित महिला यादवले गुनासो गरिन् ।
संग्राम्पुर २ स्थित ३ ख किता नं. ७६१ र ७६४ मा एकतर्फी रुपमा मात्र बाटो पर्ने गरि जग्गामा बाटो निर्माण गर्न खोज्दा विवाद उत्पन्न भएको थियो । उता उच्च अदालत जनकपुरले मिति २०८० असार ५ गते पीडित महिला यादवको निर्विवाद हकभोग रहेको जग्गामा एकतर्फी रुपमा मात्र बाटो पर्ने गरि बाटो बनाउने कार्य नगर्नू नगराउनु भनि अन्तरीम आदेश समेत जारी गरिसकेको थियो ।
यता, ईलाका प्रहर िकार्यालय संग्रामपुरका प्रमुख सई पण्डीतले महिलामाथी कुटपिट नभई सुरक्षाको क्रममा हल्का धक्का मुक्की भएको स्वीकार गरे ।उनले भिड बढ्दै गएपछि शान्ति सुरक्षा कायम गर्न हथकडी लगाएर यादवलाई चौकी ल्याउनु परेको बताए ।
यता, पर्सा गाउँपालिकाका अध्यक्ष यादवले प्रयोग गर्ने गरेको नम्बरमा सम्पर्क गर्दा उनीसंग सम्पर्क हुन सकेन् । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएदेखि नै गाउँपालिका अध्यक्ष यादव प्राय गाउँपालिकामा नबस्ने गरेका भन्दै स्थानीयले पटक पटक गुनासो गर्ने गरेका थिए ।आफुलाई स्थानीय सरकारको प्रमुखको घमण्ड देखाउँदै गाउँपालिका अध्यक्ष यादवले आफ्नो दादागिरी बढाएका स्थानीयको भनाई छ । गाउँ गाउँको सिंहदरबारका सिंहहरुको ज्यादती धेरै बढेको स्थानीयले बताएका छन् ।