शंखर पहाडी(एस.पी.गौरब)
सर्लाहीको बागमती नगरपालिकाले नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद सप्ताह सम्पन्न गरेको छ । बागमती नगरपालिका १० को खेल मैदानमा नगरस्तरीय प्राथमिक तह तथा माध्यामिक तहको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद सप्ताह सम्पन्न गरेको हो ।
खेलकुदमा माध्यामिक र प्राथमिक तहका गरी करिब आठ सय विद्यार्थी सहभागि भएका बागमती नगरपालिका शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार प्राथमिक तहमा सात वटा विधा र माध्यमिक तहमा १७ वटा विधामा खेल गराइएको थियो । खेलमा प्राथमिक तह तर्फ बागमती नगरपालिका १२ को जन जागृति आधारभुत विद्यालयले प्रथम स्थान हासिले गरेको शिक्षा शाखाले जनाएको छ ।
यस्तै,बागमती नगरपालिका ४ जिरायत स्थित रहेको प्राथमिक विद्यालय द्वितीय र बागमती नगरपालिका १ स्थित बाल कल्याण प्राथमिक विद्यालयले तृतिय स्थान हासिल गरेको छ । माध्यमिक तर्फ भने बागमती नगरपालिका २ धरहरा जन वाल कल्याण माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । बागमती नगरपालिका ५ राजघाट जनता नमुना माध्यमिक विद्यालय द्वितीय र बागमती नगरपालिका ५ शंकरपुर स्थित रहेको नव जन जागरण माध्यमिक विद्यालयले तृतिय भएको शिक्षा शाखाका ओम बहादुर कार्कीले बताए ।
अन्य नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका खेल माध्यामिक स्तरमा मात्र गर्ने भएपनि बागमति नगरपालिकाले भने खेलकुद सप्ताहकै रुपमा अभियान अघि बढाई प्राथमिक तहको विद्यार्थीलाई समेत खेलमा सहभागि गराउने गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख उपाध्याले जानकारी दिए ।‘राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हुने सबै खेलमा प्राथमिक तह तर्फको पनि सहभागिता गराईएको छ। यसको मुख्य उदेश्य भनेको माथिल्लो तहमा विद्यार्थी पुग्दा खेलकुदमा पनि उनीहरुकोको जग दरिलो बनोस भन्ने हो ’ शिक्षा शाखा प्रमुख उपाध्यायले बताए ।बागमति नगरपालिका सामुदायिक विद्यालयको शिक्षा सुधारको अभ्यासमा देशभरमा उत्कृष्ट नगरपालिकाको सुचिमा परिसकेको छ ।
बागमती नगरपालिकाले बागमती युवा क्लब मार्फत मधेश प्रदेशको शान जोगाउँदै राजर्षि जनक कप फुटबल प्रतियोगिता हरेक वर्षसञ्चालन गरि रहेको छ भने बागमती युवा क्लब सि डिभिजन लिगमा समेत प्रवेश गरेको छ । छात्रा तर्फ स्पोस्र्ट एकेडेमी सहित सञ्चालन गरि रहेको नगरपालिकाले छात्रा र छात्रा दुवैतर्फ फुटबल खेलाडीहरु उत्पादन गरि रहेको छ ।