धनकौल गाउँपालिका पनि भाडा मुक्त,नवनिर्मित प्रशासनिक भवन उद्घाटन

4.2k Shares

सर्लाहीको धनकौल गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन आज(सोमवार) उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष राम आश्रय साहको अध्यक्षतामा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा  गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन आज(सोमवार) उद्घाटन गरिएको हो ।
भाडाको घरबाट आफ्नो सेवा संचालन गरि रहेको गाउँपालिकाले आफ्नै भवनबाट अब सेवा सुरु गर्ने र गाउँपालिकालाई सेवा प्रवाहमा सहजता आउने गाउँपालिकाका अध्यक्ष साहले बताउनु भयो ।
भवन उद्घाटन समारोहमा गाउँपालिकाको विकासमा सहयोग पु¥याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई गाउँपालिकाले सम्मान गरेको मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अकली सहनी, बसबरिया गाउँपालिकाका अध्यक्ष राम अयोध्या राय, प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनिया, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार