जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञाको समय लम्ब्याएको छ । आईतबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) को बैठकले जिल्लाभर सोमबार राति १२ बजेदेखि जेठ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामांङ्गले बताउनुभयो ।
निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहेक सबै सेवामा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । निषेधाज्ञाको अवज्ञा वा उल्लंघन गरेको पाइए कानुन अनुसार कडा कारबाही गरिने पनि बैठकले निर्णय गरेको छ । सर्लाहीका वैशाख २५ गतेदेखि निषेआज्ञा सुरु भएको हो ।डिसिसिएमसीले आईतबार थपेको निषेआज्ञाको समयावधि यो तीन पटक हो । हाल जिल्लामा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भइसकेको छ । भने आईतबार मात्र सर्लाहीमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको स्वासथ्य कार्यालय सर्लाहीले जनाएको छ । जिल्लामा आईतबार सहित हाल सम्म सर्लाहीमा कोरोना संक्रमण हुनेको संख्या ९ सय ५३ जना पुगेको छ ।