Close This

प्रकृति विना हाम्रो अस्तित्व सम्भव छैनः तर हामी बिना प्रकृति मज्जैले चल्न सक्छ ।।

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२२ गते   ३५५ पटक हेरिएको

लेखक ठाकुर प्रसाद बख्रेल(मनोज)

वातावरण र हाम्रो बुझाइ अनुसारको परिभाषा
हामी हाम्रो वरिपरि रहेका सम्पूर्ण अवस्था , बस्तु , परिस्थिति , परिवेश ,पर्यावरण , प्रकृति , समय सन्दर्भ सबैलाई हाम्रा वातावरण भित्र केन्द्रिकृत गर्न सक्छौ र यसैको वरिपरि  परिभाषा लगाउन पनि सक्दछौ । समय र सन्दर्भ अनुसार वातावरणका परिभाषा हरु फरक फरक ढंगले लगाउने गरेको समेत पाइन्छ । आजको सन्दर्भमा र प्रस्तोताको संकलित सामाग्री र ज्ञानको क्षेत्रभित्रका केहि वाक्यबाट प्रारम्भमा वातावरणको परिभाषा तर्फ लागौ ।
सामान्यतया वातावरणको कुरा गरिरहदा हामी  प्रकृति वा जनावरहरू , पर्यावरण वा बनस्पति,जल ,जंगल आदिका कुराहरु हुन कि भन्ने बुझ्दछौ तर यो भौतिक संसारमा कतिपय सन्दर्भले वातावरणको प्रसंग अगाडी बढाउदै गर्दा धेरैले  प्रकृति वा जनावरहरूलाइ  तिनीहरूको प्राकृतिक राज्यमा छैनन  सोच्दछन्। । यो सबै रसायनिक, भौतिक र जैविक तत्वहरूको बारेमा हो जसमा जीवित प्राणीहरूले अन्तक्र्रिया गर्दछन्। । यदि हामी मानिसहरुको बारेमा कुरा गर्छौं भने हामी सबै सामाजिक र सांस्कृतिक तत्वहरू समावेश गर्दैछौं किनकी तिनीहरू अन्तक्र्रिया प्रक्रियामा हस्तक्षेप गर्छन्। त्यसकारण वातावरण केवल भौतिक वातावरण मात्र होइन जुन हामी सोच्छौं त्यहाँ छ, तर यसले परम्परा जस्ता अमूर्त तत्वहरू पनि समावेश गर्दछ । हामी केवल प्राकृतिक वातावरणहरू मात्र पाउँदैनौं जुन हामीले क्षेत्रको वातावरण, नदी, समुद्र, तटहरू आदिमा पाउँछौ ं। यो कृत्रिम तत्वसँग सम्बन्धित सबै चीज हो ।यस तरीकाले, सबै चीजलाई सरल र स्पष्ट तरीकाले हेर्नको लागि, निम्नलिखित भिन्नताहरू छन ।
प्राकृतिक वातावरण – यस प्रकारले मौसम, वनस्पति, जीव, भूगोल र प्राकृतिक रूपमा उपस्थित सबै कुरा संकलन गर्दछ । यो मानव र तिनीहरूको सामाजिक आर्थिक गतिविधिहरू द्वारा कृत्रिम बनाइएको सबै कुरा हो ।
त्यसकारण, यो भन्न सकिन्छ कि वातावरण एक यस्तो प्रणालीको सम्बन्ध हो जुन प्राकृतिक र कृत्रिम तत्वहरूको सेटले बनेको हुन्छ । जुन एक अर्कासँग अन्तक्र्रिया गर्दछ र त्यो एक अर्कासँग सम्बन्धित छ । थप रूपमा, तिनीहरू मानव द्वारा परिमार्जन गरिएको छ । यही कारण यो हो कि वातावरण वातावरण हो जुन हामीले संरक्षण गर्नु पर्दछ र यसले प्रबन्धन गर्नुपर्दछ, किनभने यसले जीवनको बाटो लिन्छ र हामीलाई अनुकूलनहरू सिर्जना गर्दछ ।
सबैको खराबको लागि, केहि दशक पहिले, मानव क्रियाकलापको वातावरणमा प्रभाव एक त्यस्तो गन्तव्यमा पुगेको छ जहाँ गम्भीर अशान्ति पैदा हुन्छ । यसले पशु र बोटबिरुवाको प्रजाति लोप भएको छ, पानी, हावा र माटोको दूषित, जीवित प्राणीहरूको विस्थापन, बिखण्डन र आवासको विनाश आदि भएको छ । त्यसैले वातावरण भन्नाले सम्पूर्ण जगत भित्रका गतिविधि, जिव(जनावर , प्रकृति, जल , जमिन ,जंगल आदि सबै हो यस अर्थ हाम्रो सम्पूर्ण जगत वातावरण भित्र पर्दछ । वातावरणीय सुरक्षा हामी चेतनशिल प्राणि मानिसको कर्तब्य हो यो कर्तब्य बोधका साथ खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दी विश्व वातावरण दिवशको अवसर पारि बोट, विरुवा रुख भए पानी , पानी भए हामी भन्ने नाराका साथ ब्रिक्षारोपण गरि वातावरण  जोगाउनु पर्दछ । जोगिएको वातावरणमा प्रचुर पानी सहित हाम्रो जिन्दगानी सम्भव छ । भन्ने गरी  ब्रिक्षारोपण तथा सचेनाना अभिबृद्दी कार्यक्रम मार्फत  विश्व वातावरण दिवशको सुभकामना सहित उपस्थित छौ ।
विश्व वातावरण दिवशको सन्दर्भ र सुरुवात
५ जुन अर्थात विश्व वातावरण दिवस । सन १९७२ मा स्विडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन १९७४ देखि ुमात्र एक पृथ्वीु वा वन्ली वन अर्थ नाराका साथ विश्वव्यापी उत्सव बन्यो ।
योसंयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रमअन्तर्गत सञ्चालित संसारमा मनाइने सबैभन्दा ठूलो वार्षिक कार्यक्रम हो, जसले मानिसहरूमा वातावरणीय चेतनालाई उजागर गर्ने कार्य गर्छ । यसको मुख्य उद्देश्य हाम्रो प्रकृतिलाई सुरक्षित राख्न जागरुकता बढाउनु र दिनहुँ बढिरहेका विभिन्न वातावरणीय मुद्दाहरूको सम्बोधन गरी स्वस्थ र सुरक्षित वातावरणका लागि विश्वव्यापी रूपमा मानिसहरूलाई प्रोत्साहन गर्नु हो ।
सन १९९२ को रियो शिखर सम्मेलन र रियो प्लस २० वा रियो पृथ्वी सम्मेलन, २०१२ ले जन्माएको दिगो विकासका सिद्धान्तहरूलाई लक्ष्यका रूपमा हासिल गरी सबै प्रकारका गरिबी उन्मूलन गरी मानव पृथ्वी र समृद्धिका लागि एक समान न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने संयुक्त राष्ट्र संघको परिकल्पनालाई मूर्त रूप दिन पनि विश्व वातावरण दिवसले विशेष भूमिका खेल्छ । हरेक वर्षझैँ यस वर्ष पनि विश्व वातावरण दिवस, २०२२  विभिन्न कार्यक्रम गरी मनाइदै छ । भने वातावरण क्षेत्रका विज्ञ र अध्यताहरु एवं अधिकारकर्मिहरुले बिभिन्न कार्यक्रम गरी साता ब्यापी रुपमा मनाउदै आएका छन । यो सन्दर्भ र प्रकृति सुरक्षा बन वातावरणको संरक्षण ले मात्रै जल सम्भव छ र जल भए हाम्रो जीवन सम्भव छ यस अर्थ हाम्रो लागि र हाम्रो संस्था  खानेपानी उपभोक्ता तथा सरसफाई संस्था  को लागि समेत यसको ठुलो महत्व रहेको छ ।
सन २०२० ताका  ब्राजिल, संयुक्त राज्य अमेरिकादेखि र अस्ट्रेलियाको वन डढेलो, पूर्वी अफ्रिकादेखि भारतसम्मको सलह किराको आक्रमण र अहिले केहि मत्थर भएको तर मानव जगतलाई आक्रान्त पारेको विश्वव्यापी रोग कोरोना महामारी जस्ता घटनाक्रमहरूले जैविक विविधतासँग मानव जीवनको परस्पर निर्भरता प्रमाणित गरिसकेका छन्। । त्यस कारण हामीले यसको क्षेत्रमा  काम गर्नु आवश्यक छ । त्यसैले सानै तह बाट भएपनि यसको सुरुवात गरौ भन्ने उदेश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको हो । किनभने यो हामीहरुको दायित्व हो हामीले नगरे कसले गर्ने यहि सोचौ र वातावरण को रक्षार्थ कदम चालौ । पृथ्वी ८० लाख बोट बिरुवा र पशु प्रजातिहरूको साझा घर हो भने जैविक विविधताको जलमाथि र जलमुनिका सबै जीवनको अस्तित्व हो । जैविक विविधताले पृथ्वीको स्थलीय, पानी र समुद्री विभिन्न प्रजातिहरूका प्रकार, भिन्नता, अन्तरसम्बन्ध साथै उनीहरूको वासस्थानसमेतलाई जनाउँछ । पृथ्वीमा सबै प्राणी र जीवजन्तुको जीवनका लागि मात्र नभई मानव समाजलाई फस्टाउन आवश्यक पर्यायवरणीय वस्तु र सेवाहरूका लागि पनि जैविक विविधताको विशेष महत्व छ ।
जैविक विविधताले हामीलाई खाना, पानी र संशाधनका साथै जलवायु नियन्त्रण, परागण, प्रकोप निवारण र यी परिचक्रलाई चलायमान बनाउँछ । यस परिचक्रको एउटा तत्त्व हटाउँदा सम्पूर्ण जीवन प्रणालीलाई असर गर्छ र नकारात्मक परिणाम उत्पन्न गर्न सक्ने हुँदा प्रत्येक जीवको जीवन सन्तुलन कायम राख्न अतिआवश्यक छ ।वन विनास, वन्यजन्तुको आवासमा अतिक्रमण, तीव्र कृषि र जलवायु परिवर्तनलगायत मानवीय कार्यहरूले प्रकृतिमाथि ज्यादतीको सीमा नाघेको छ, जसको प्रत्यक्ष असर जैविक विविधतामा परेको छ । जैविक विविधता नष्ट गर्दै गर्दा हामीले मानव जीवनलाई समर्थन गर्ने प्रणालीसमेतलाई नष्ट गर्दै छौँ ।
विगत ५२  वर्षमा करिब ६० प्रतिशत वन्यजन्तुको संख्या घटेको र सङ्क्रामक रोगयुक्त जीवाणु, जनावरबाट मान्छेमा सर्ने क्रम ४ गुणाले बढेको संयुक्त राष्ट्र संघको तथ्याङ्क छ । यूएनईपीकै भनाइ उद्धृत गर्ने हो भने हाल हामी जीवनको नाजुक अवस्थाको सामना गरिरहेका छौँ । प्रकृतिले हामी मानव जाति नै विनाशको सङ्घारमा रहेको सङ्केत गर्दै छ भने झण्डै १० लाख जनावर र बोट प्रजातिहरू संसारबाट चाँडै लोप हुने अवस्थामा छन्।
अहिले विश्व नै एउटा यस्तो मोडमा उभिएको छ, जहाँबाट धेरै अस्तित्वहरू नामेट हुने र धर्तीबाट पूर्ण रूपमा बिलाउने खतरा छ । अस्ट्रेलियामा व्यापक रूपमा फैलिएको विनाशकारी डढेलो राम्रोसँग निभ्न नपाउँदै  नोबल कोरोना भाइरस अर्थात् कोभिड( १९ को माहामारीले आक्रान्त पार्दै थलिएको विस्व अर्थ तन्त्र र मानवीय संकट संगसगै बिस्तारै अगाडी बढिरहेको परिवेशमा  विश्व वातावरण दिवस मनाइरहँदा वातावरणीय सन्तुलनमा हामीले सबै क्षेत्र बाट कार्यगर्नु जरुरी छ ।
मानव क्रियाकलापको असरले सिर्जित जलवायु परिवर्तन, जलवायु परिवर्तनले बढाएको पृथ्वी सतहको तापक्रम अनि बढ्दो तामक्रमले निम्त्याएको डढेलो । यसैगरी वन जङ्गलको विनाश, पशुपन्छीको उठिबास र मानव र जङ्गली जनावरबीचको द्वन्द्व र सङ्घर्षको फलस्वरूप भित्रिएको महामारीले पुष्टि गरिसकेको छ कि मानव क्रियाकलाप र मानव स्वास्थ्य कति घनिष्ठ रूपमा प्रकृति र प्राकृतिक संसारसँग जोडिएको छ । हामी प्रकृतिसँग यति नजकसँग जोडिएका छौँ कि प्रकृतिविना हाम्रो अस्तित्वको कल्पनासम्म पनि गर्न सकिँदैन वा भनौँ हामी मानवजाति विना पनि प्रकृति अझ सुन्दर तरिकाले चल्न सक्छ तर प्रकृतिविना हामी चल्न असम्भव छ ।
तर, आज प्रकृति र प्रकृतिका लागि समयको कुरा गर्नुको तात्पर्य अलिक फरक छ किनकि अहिलेको विश्वव्यापी प्रकृति र मानव जातिको परिस्थिति धेरै भिन्न र विषम छ । प्रकृतिलाई समय नदिनु भनेको प्रकृतिप्रतिको हाम्रो चेतनाको द्वार अझ बन्द गर्दै जानु हो, प्रकृतिलाई बेवास्ता गरी वातावरणमा थप क्षति पुर्यारउनु हो । तर, यसको मतलब हामीले प्रकृतिलाई समय दिएनौँ भने प्रकृति असुरक्षित हुने वा प्रकृति समाप्त हुने भन्ने भ्रममा नपरौँ किनकि प्रकृति त हाम्रो उत्पतिपूर्व पनि चलेकै थियो र हाम्रो समाप्तिपश्चात् पनि चली नै रहनेछ ।
कुरा मात्र यति हो, हामीले गरेको प्रकृतिमाथिको अत्याचार हामी स्वयं मानव जातिको विनाशको कारण बन्नेछ । अब पनि प्रकृतिलाई समय नदिने वा प्रकृतिका बारेमा नसोच्ने हो भने भविष्यमा प्रकृतिले पनि हाम्रा बारेमा न सोच्नेछ, न सोच्ने समय नै दिनेछ । पछिल्लो झन्डै २ वर्ष  हामी यस माहामारीबाट घरमा लुकेर बाचेका छौ  , लाखौले ज्यान गुमाए हामी केहि  बाचौँला पनि तर भोलि लुकेररभागेर पनि ज्यान बचाउन नसक्ने अवस्था नआउला भन्न सकिन्न । आफूलाई बुद्धिमान प्राणी हुँ भन्ने घमण्डले विवेकहीन भएका हामी मनुवाले प्रकृतिलाई चुनौती दिई खडा गरेको भौतिक संसारमा भावी सन्ततिले २ मुठ्ठी सासका लागि सङ्घर्ष गरेको दिन पनि नआउला भन्न सकिन्न । त्यसैले यो समय  प्रकृतिसँग जोडिने समय हो, प्रकृतिलाई फर्केर हेर्ने समय हो । हामीले खाने खाना, फेर्ने सास, पिउने पानी र हाम्रो पृथ्वीलाई बस्नयोग्य बनाउने जलवायु सबै प्रकृतिबाट आउँछन् । प्रकृतिले हामीलाई दिने सबै फाइदाहरूका बाबजुद हामी अझै पनि यसलाई दुरूपयोग गर्दै यसको विनाश गर्दै छौँ । त्यस कारण हामी पुनः प्रकृतिमा फर्कन आवश्यक छ । हामी जे जति समस्याबाट गुज्रिरहेका छौँ, ती सबको समाधान प्रकृतिभित्रै छ । आवश्यक छ त जैविक विविधता र वातावरणको संरक्षण र दिगो व्यवस्थापनका बारे सोच्ने र लाग्ने समयको, जसको फलस्वरूप जलवायु परिवर्तनमा कमी, पिउने पानी र खाद्य सुरक्षाको प्रत्याभूति मात्र नभई कोरोना जस्ता माहामारीबाट बचाउन मद्दत गर्न सक्छ ।अन्ततः प्रकृतिले हामीलाई सन्देश पठाउँदै छ कि हामीले आफ्नै हेरचाह गर्ने  भए पनि प्रकृतिको ख्याल गर्नुपर्छ । यो समय प्रकृतिका लागि मात्र नभएर हामी ब्युँझिने समय पनि हो । प्रकृतिको सुरक्षा, जैविक विविधताको रक्षा, वातावरणको स्वच्छताका लागि लाग्ने समय हो । यो समय प्रकृतिविरुद्ध नभई, प्रकृतिसँग मिलेर मानिस र पृथ्वीको पुनर्निर्माण गर्ने समय हो । यो विश्व वातावरण दिवस हो, यो सम्पूर्ण प्राणीको रक्षा गर्ने समय हो, यो प्रकृतिका लागि समय हो । त्यसैले हामी सबैले प्रकृतिको संरक्षणका लागि एक अठोट गरौ अगाडी बढौ हामी जल,जमिन जंगल र अन्य वातावरणीय सन्तुलनका पक्षमा सकारात्मक ढंगले सोचौ आजको सन्दर्भ र विश्व वातावरण दिवशलाई केवल दिवशको रुपमा मनाउने मात्रै होइन कि हाम्रो प्रकृति संगको सम्बन्ध हरेक सेकेन्ड र प्रत्येक स्वास संग छ । त्यहि माथि मानव जीवनमा अमेवादेखी परेवा सम्म सभ्यता विकास देखि हरेक जीवको अस्तित्व सम्भावना सम्म महत्वपूर्ण रहेको पानी अर्थात जलको क्षेत्रमा कार्यगरिरहेका  हरेक संघ संस्थाले र मानिसले यसको सचेतना बृद्दीमा महत्वपूर्ण भूमिका खेल्नु जरुरी छ । आउनुहोस साथी यसरी सोचौ केहि सकारात्मक कार्यका लागि आजै बाट प्रतिबध्य बनौ ।  हामी रुख विरुवा रोपौ प्रकृति जोगाउ । हामी सबैलाई थाहा छ रुख विरुवा भए चुरे र तराइ जोगिन्छ रुख र चुरे जोगिदै गर्दा हाम्रो पानी सुरक्षित हुन्छ वा पानी रहन्छ त्यसैले –“रुख विरुवा रहे पानी । पानी रहे हामी ”

लेखक ठाकुर प्रसाद बख्रेल(मनोज)
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech