लालबन्दीमा डेङ्गु संक्रमण नियन्त्रणका लागि “सर्च एण्ड डिस्ट्रोय” अभियान सुरु

54 Shares

सर्लाहीको लालबन्दीमा लामखुट्टेको “सर्च एण्ड डिस्ट्रोय” अभियान सुरु गरिएको छ । डेङ्गु सङ्क्रमण बढेपछि लालबन्दीमा लामखुट्टेको “सर्च एण्ड डिस्ट्रोय” अभियान सुरु गरिएको हो ।“लामखुट्टेको टोकाइबाट बच्नु नै “डेङ्गु”रोगबाट बच्ने प्रमुख उपाय हो”भन्ने नारासहित लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले “डेङ्गु”सङ्क्रमण गराउने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु गरेको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका निमित्त संयोजक रोशन चौधरीले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका भित्र अहिले १४ जनामा “डेङ्गु”सङ्क्रमण देखिएको र सङ्क्रमण भयावह हुन नदिन सचेतनाको कार्यक्रमसहित “डेङ्गु”गराउने लामखुट्टेको “सर्च एण्ड डिस्ट्रोय” अर्थात खोजी र नष्ट गर्ने अभियान सुरु गरिएको हो ।“डेङ्गु”सङ्क्रमण भएपछि उच्च ज्वरो आउने,आँखाको गेडी वरिपरी तथा टाउको पछाडिको भाग दुख्ने,जिउ दुख्ने,जोर्नी,हड्डी तथा मांशपेशी दुख्ने,छालामा बिमिरा आउने, शरीरका कुनै पनि भागबाट रक्तश्राव हुने जस्ता लक्षण देखिए नगर अस्पतालमा आएर तुरन्त “डेङ्गु”सङ्क्रमणको परीक्षण गराउन लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार