सर्लाहीको बसबरिया गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत संजीव साह करिब दुई महिनादेखि कार्यालयमा उपस्थित नहुँदा सेवाग्राहीहरु मारमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत साह कार्यालयमा नगइ बरहथवामै बसेर फाइलहरू मगाएर काम गर्ने तथा कागजातहरूमा हस्ताक्षर गर्ने गरेका पाइएको हो ।
“हाकिम साहेब बीस दिनमा एकपटक कार्यालयमा आउनुहुन्छ आए पछी एक छिन बसेर आफ्नो हाजीरी गरेर जानुहुन्छ।” गाउँपालिकाका एक कर्मचारीले बताए।प्रमुख प्रशासकीय अधिकृत साहको गैर जिम्मेवारपुर्ण रवैयाका कारण पालिकाका कर्मचारीहरूले समयमा तलब खान नपाएका र विकास निर्माणका कार्यहरू पनि प्रभावित भएका छन्।प्रमुख प्रशासकीय अधिकृत साहले पालिकामा अन्यन्त्रबाट सरुवा भएर आएका इन्जिनियरलाई हाजिर नगराई फिर्ता पठाएका गाउँपालिका अध्यक्ष रामसिंहासन रायले गुनासो गरे।“प्रमुख प्रशासकीय अधिकृत साह आफैँ निर्णय लिन्छन्,इन्जिनियर आएर हाजिर हुन खोज्दा रोकिदिए,यस्तो मनपरी व्यवहार सहन सकिने अवस्था छैन।”अध्यक्ष रायले बताए ।
सेवाग्राहीहरूलाई सास्ती
प्रमुख प्रशासकीय अधिकृत साहको गैर जिम्मेवार र उदासीन व्यवहारका कारण सेवाग्राहीहरू अत्यधिक समस्यामा परेका छन्।गाउँपालिका भित्रका विकास निर्माण कार्यहरू अलपत्र छन् भने नागरिक सेवाहरू पनि प्रभावित भएका छन्।सेवा लिन आएका सर्वसाधारणहरू दिनभरी पर्खिएर खाली हात फर्किन बाध्य भएको स्थानीयको गुनासो छ।
कर्मचारीहरू पनि असन्तुष्ट
गाउँपालिकाका कर्मचारीहरू पनि प्रमुख प्रशासकीय अधिकृत साहको यस प्रकारको रबैयाबाट असन्तुष्ट देखिएका छन्।कर्मचारीहरुका अनुसार,“हाकिम साहेब बीस दिनमा एकपटक आउनु हुन्छ आए पनि बन्नु हुन्न,कुनै नीति निर्देशन पनि दिनु हुन्न,उहाँ महिना भरिका आफ्नो हाजिरीमा एकै पटक हस्ताक्षर गरेर जानु हुन्छ अब असार मसान्त आउनै लागेको छ ।यहाँको विकास निर्माणका कामहरू अघि बढेका छैनन्।कर्मचारीहरुले समयमा तलब खान पाइएका छैनन्
सम्बन्धित निकाय मौन
आफुहरुले पटक पटक प्रमुख प्रशासकीय अधिकृत साहको यो लापर्वाही बारे जिल्ला प्रशासन कार्यालयका लगायत सरोकारवाला निकायहरूलाई जानकारी गराए पनि अहिलेसम्म कुनै ठोस कारबाही नभएको स्थानीयको गुनासो छ ।
कानुनी र नैतिक जिम्मेवारी
नेपालको संविधान २०७२ र स्थानीय शासन सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहले कार्यालयमा नियमित उपस्थिति जनाउनु,सेवाग्राहीलाई सहज रुपमा सेवा पु¥याउनु र विकास योजनाहरू कार्यान्वयन गर्नु कानुनी दायित्व हो।तर प्रमकुख प्रशासकीय अधिकृत साहको पछिल्लो व्यवहारले यी सबै मान्यतालाई तोडेको स्थानीय जनप्रतिनिधिहरुको भनाई छ।
स्थानीयको गुनासो
स्थानीयबासीहरू प्रमुख प्रशासकीय अधिकृत साहमाथि छानबिन गरी आवश्यक कारबाही हुनुपर्ने स्थानीयले माग गरेका छन्।“हामी जनता कर तिर्छौं,सेवा लिने अधिकार राख्छौं।तर जब जिम्मेवार अधिकारी नै बेपत्ता हुन्छन्,तब हामी कहाँ जानु?”स्थानीयको गुनासो छ ।
के भन्छन् प्र.प्र.अ. साह
यता,सो विषयमा बसबरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहलाई फोन गरी बुझ्दा उनले गाउँपालिका अध्यक्ष राय र आफु विच सामान्वय विवाद रहेको,आफु केही दिनदेखि तालिममा रहेका कारण कार्यालय नगएको,पहिला निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको पालिका आफु प्रमुख प्रशासकीय अधिकृत भएर गएदेखि निमित्त भएका मानिसहरुका साथै जनप्रतिनिधिहरुलाई काम गर्न असहज भएको र सोही विषयलाई लिएर आफ्नो सरुवा गराउने पहल समेत भई रहेको प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।
इन्जिनियरलाई हाजिर नगराएको विषय के हो ? भन्ने हाम्रो प्रश्नमा कुनै इन्जिनियर नआएको र हाजिर गर्न रोक नलगाएको बरु गाउँपालिकामा चार जना इन्जिनियर रहेका तर गाउँपालिका अध्यक्ष रायले दैनिक ज्यालादारीमा एक जना इन्जिनियरलाई नियुक्त गर्न दवाव दिएका बताए ।गाउँपालिकामा चार जनाइन्जिनियर रहदैँ गर्दा अरुकुनै इन्जिनियर आवश्यक नरहेको र गाउँपालिका अध्यक्ष रायले दैनिक ज्यालादारीमा इन्जिनियर भर्ना गर्दीनु भन्दा आफुले त्यो नमान्दा आफु विरुद्ध विभिन्न किसिमका हत्कण्डा अप्नाउन थालिएको उनले बताए ।
उनले आफु गाउँपालिकाको विषयमा कुनै नकारात्मक कुरा गर्न नचाहने र आफ्नो सरुवा भएमा मनत्रालयले तोकेको स्थानमा जान तयार रहेको समेत बताए।उनले गाउँपालिकामा काम गर्ने वातावरण भए काम गर्ने र काम गर्ने वातावरण नभई अन्यन्त्र सरुवा भए जहाँ सरुवा हुन्छ त्यहाँ जाने समेत बताए ।